मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमै ट्रायलसहितको यातायात व्यवस्था कार्यालय स्थापना हुन्छ : प्रचण्ड
समाचार

चितवनमै ट्रायलसहितको यातायात व्यवस्था कार्यालय स्थापना हुन्छ : प्रचण्ड

भरतपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमै यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन्। चितवन जिल्लाबाटै सवारीचालक अनुमतिपत्र दिने गरी ट्रायल सेन्टरसहितको यातायात व्यवस्था कार्यालय आवश्यक भएकोले यसको लागि सक्दो पहल गर्ने बताएका हुन्।

विज्ञापन

भरतपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र नवीकरण कार्याक्रमको शुभारम्भ गर्दै अध्यक्ष दाहालले भने, ‘भरतपुरबाट सवारीचालक अनुमति पत्र दिने गरी यातायात व्यवस्था कार्यालय स्थापना हुनु भनेको चितवन जिल्लाका सवारी चालकलाई मात्रै नभई देशका धेरै ठाउँको सवारी चालकलाई सुविधा मिल्छ।’

विज्ञापन

सरकारी तवरबाट ट्रायल सेन्टर नभएको हुँदा चितवनमा यसको व्यवस्था मिलाउन सके यातायातको क्षेत्रका लागि एउटा महत्त्वपूर्ण कोशेढुंगा सावित हुने उनले बताए। यसले भरतपुर महानगरपालिकालाई आर्थिक हिसाबले पनि सक्षम बनाउने हुँदा सरकारी क्षेत्रबाट यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

आफूले सुरूदेखि नै चितवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने विषयमा पहल गर्दै आएको बताउँदै अहिले थप सजिलो भएको बताए। ‘हिजो एउटै कम्युनिस्ट सरकार थियो झन् सजिलो हुनुपर्ने हो। तर, त्यस्तै त्यस्तै भयो । म त्यतातिर जान चाहन्नँ,’ उनले भने, ‘अहिले चाहिँ गठबन्धन छ, सजिलो देख्याछु मैले। को सरकारमा झन् सजिलो देखेको छु।’

चितवनमा यातायातको लागि भौतिक पूर्वाधार निर्माण गर्ने र यातायात व्यवस्था कार्यालय स्थापना गर्ने विषयमा सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीसँग पनि छलफल गरेर कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए। जग्गाको अभाव भएको हुँदा त्यसतर्फ स्थानीय सरकारमार्फत जग्गाको खोजी गरेर कामलाई अगाडि बढाउने उनको भनाइ छ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय यातायात महाशाखा प्रमुख नवीनकुमार सिंहले चितवनमा यातायात व्यवस्था कार्यालयको स्थापना गर्न जग्गाको मात्रै अभाव खड्किएको बताए। चितवनमै कार्यालय स्थापना गर्न सके बागमती प्रदेशका धेरै सवारीचालकले जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए।

उनका अनुसार बागमती प्रदेशबाट गत असार मसान्तसम्ममा १६ लाख ४७ हजार सवारीसाधन दर्ता भएका छन्। तीमध्ये दुई पाङ्ग्रे सवारीसाधन मात्रै १३ लाख दर्ता भएका छन्। प्रदेश कार्यालयबाट मात्रै गत आर्थिक वर्षमा ९ अर्ब ५८ करोड रूपैयाँ राजस्व संकलन गर्न सफल भएको उनले बताए।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्मार्ट लाइसेन्सको नवीकरण गरेका सेवाग्राहीलाई लाइसेन्स हस्तान्तरण गरेर चितवनबाट सेवा सुरू भएको घोषणा गरेका थिए।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस