बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक
समाचार

माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक

काठमाडौं।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ।

विज्ञापन

माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने जानकारी दिए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

विज्ञापन

सम्मेलनको तयारीस्वरुप यतिबेला माओवादी केन्द्र वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ। ‘आजको बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुनेछ,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस