आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • सामान्य बाटाे खन्दा पनि अदालतबाट ‘स्टे अर्डर’ हुन्छ, यसले समस्या भइरहेकाे छ : अर्थमन्त्री शर्मा
समाचार

सामान्य बाटाे खन्दा पनि अदालतबाट ‘स्टे अर्डर’ हुन्छ, यसले समस्या भइरहेकाे छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै ।

अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताउनुभएको छ । आज बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिनुभयो ।

विज्ञापन

उहाँले विकासका सानातिना काममा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउनुहुँदै विकासका लागि विशेष कानुनको आवश्यकता औल्याउनुभएको हो ।

विज्ञापन

‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययनमा वर्षाैँ लाग्नेलगायतका कुरा छन्’, उहाँले भन्नुभयो, ‘यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ । अहिले त्यसको तयारी भइरहेको छ ।’

उहाँले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ प्रणाली ल्याउनेबारे पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ‘अहिले जे छ, त्यहीँ प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘नयाँ मोडालिटी ल्याउने कुरामा पनि छलफल भइरहेको छ ।’

यसैबीच मन्त्री शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिनुभयो । नेपाल मोबाइल वितरक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्नुहुँदै उहाँले यस्ताे जानकारी दिनुभएको हो । ‘बैध रूपमा अवैध काम भइरहेको’ भन्नुहुँदै उहाँले भन्सारमा कडाइ गरिएको बताउनुभयो । त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको उहाँले बताउनुभयो ।

‘वैध रूपमा अवैध काम भइरहेको छ यहाँ’, मोबाइल पनि अवैध रूपमा भित्रिरहेकोप्रति सङ्केत गर्नुहुँदै मन्त्री शर्माले भन्नुभयो, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो ।’ उहाँले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिनुभयो ।

यसैगरी उहाँले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस