सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • समाचार
  • परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम राप्रपाले नगराेस् : माधव नेपाल
समाचार

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम राप्रपाले नगराेस् : माधव नेपाल

काठमाण्डाै । 

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

विज्ञापन

अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली नागरिककाे भावनाअनुसार परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न पनि सुझाव दिनुभयो । आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै उहाँले नेपालमा जातीय सद्भाव र राष्ट्रिय एकताको भावना रहेको औल्याउँदै त्यहीअनुसार अघि बढेर देशलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइ राख्नोस् । तर नेपाली नागरिककाे भावनालाई ठिक ढङ्गले आत्मसात् गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौँ । अगाडी बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अब । हामीले आफ्नाे विशेषतालाई बिर्सियौँ भने र अरूको नक्कल गर्न थाल्याैँ भने त्यसले पनि बिग्रिन्छ । राष्ट्रिय एकताको जुन भावना छ, जातीय सद्भावको भावना छ, त्यसलाई दह्रो बनाउने काम गरौँ । कहीँ अनुचित कुरा छन् भने त्यसलाई हटाऔँ । र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौँ । प्रतिगमनतर्फ कोही नलागौँ ।’

अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन नेपालका राजनीतिक दलहरू पनि सचेत भएर अघि बढनुपर्ने बताउनुभयाे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस