बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • समाचार
  • पूर्वमाओवादीले ओलीले जे दिन्छन् त्यही स्वीकार्ने : सहमतिकै पक्षमा टोपबहादुर र लेखराजको लबिङ
समाचार

पूर्वमाओवादीले ओलीले जे दिन्छन् त्यही स्वीकार्ने : सहमतिकै पक्षमा टोपबहादुर र लेखराजको लबिङ

सौराहा ।

नेकपा (एमाले)मा पूर्वमाओवादीबाट आएकाहरूले अध्यक्ष केपी शर्मा ओलीले जे जिम्मेवारी दिन्छन् त्यही लिने तयारी गरेका छन् ।

विज्ञापन

पूर्वमाओवादीबाट आएकाहरू कोही पनि जिम्मेवारीबाट बाहिर नपरून् भनेर नेताहरूले लबिङ गरिरहेका छन् । त्यसका लागि आज टोपबहादुर रायमाझी र लेखराज भट्ट ओलीलाई भेट्न गएका छन् ।

विज्ञापन

 

 

“हाम्रो यो पद चाहिन्छ भन्ने कुनै अडान र आग्रह छैन, सहमतिमै हुनुपर्छ भन्ने हो,” पूर्वमाओवादीबाट आएका एक नेताले  भने, “टोपबहादुर रायमाझी र लेखराज भट्टले भेट्नुभएको छ । के कुरा भयो भन्ने अझै आइसकेको छैन ।”

निर्वाचनबाट सबैलाई समेट्न सम्भव नभएको ती नेताको भनाइ छ । पूर्वमाओवादीबाट आएको समूह पार्टी बलियो बनाउन सहमतिको विकल्प खोज्नु हुँदैन भन्ने पक्षमा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस