सोमवार, माघ १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशी–विदेशी तत्त्वले नेकपा तीन टुक्रा भयो : एमाले नेता बादल
समाचार

देशी–विदेशी तत्त्वले नेकपा तीन टुक्रा भयो : एमाले नेता बादल

काठमाण्डाै । 

नेकपा एमालेको दशौँ महाधिवेशनमा शीर्ष नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता रामबहादुर थापा बादलले देशी विदेशी तत्त्वले नेकपालाई तीन टुक्रामा पारेको आरोप लगाउनुभएको छ ।

चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले देशी, विदेशी तत्त्वले देशलाई फेरि अशान्तिमा धकेल्ने काम गरेको टिप्पणी गर्नुभयो । साथै कोरोना महामारीपछि अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति सहज र सामान्य नरहेको समेत बताउनुभएको छ ।

विज्ञापन

महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पुगिसक्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस