शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • समाजबादीले एक सिट पनि जित्दैन : योगेश भट्टराई
समाचार

समाजबादीले एक सिट पनि जित्दैन : योगेश भट्टराई

हेटौँडा  ।

नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकीकृत समाजबादीले आगामी निर्बाचनमा एकसिट पनि नजित्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटीको सपथग्रहण कार्यक्रममा उनले सचिव भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताए ।

विज्ञापन

नेता भट्टराईले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको बताए । अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिडेका छन् उनले भने एक्ला हेक्लै लडे समाजबादी र माओवादी दुबै पार्टीले एक सिट पनि चुनाब जित्न सक्दैनन् । नेता भट्टराईले नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको उल्लेख गरे ।

विज्ञापन

उनले भने ‘अहिले प्रचण्ड र नेपालहरु कांग्रेसँग तालमेल गर्छौ भनेर हिडिरहेका छन, तर कांग्रेसले त्यो काम गर्दैन, कांग्रेसले कतिजनालाई सिट बाढ्दै हिडोस र ? ’ माओवादी र समाजवादीको जग नभएको कांग्रेसलाई थाहा भएको भन्दै उनले जग नभएको घर कतिबेला ढल्छ थाहै नहुनेबताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस