मङ्लबार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाचार
  • केपी ओली मधेसको ‘भिलेन’ : प्रचण्ड
समाचार

केपी ओली मधेसको ‘भिलेन’ : प्रचण्ड

महोत्तरी।

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको समस्या समाधानको निम्ति आफू सकारात्मक रहेको बताएका छन्। महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजना भएको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसको हकहितमा रही संविधान संशोधनसहितको चौतर्फी मुद्दाको समाधानका निम्ति आफ्नो पार्टी कटिबद्ध रहेको बताए।

विज्ञापन

 

‘मधेसका मसिहा ठान्ने राजेन्द्र महतो र महन्थ ठाकुरजस्ता नेताहरु रंगपोत गरी माओवादीलाई मधेसविरोधी बनाउँदैछ। उनीहरु मधेसी जनताको पहिचान र अधिकारमाथि कुठारघात गर्दै मधेसको समस्या समाधानको निम्ति सिन्कोसमेत भाँच्न सक्दैनन्,’ उनले भने।

 

उनले मधेसी जनताको पहिचानका लागि आफूहरु लड्दै आएकाले अगामी निर्वाचनमा माओवादी नम्बर एक बन्ने दाबी गरे।

 

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेस र राष्ट्रविरोधी भएको बताए। देशभित्र र बाहिरबाट ठूलो सेटिङ भएको बताउँदै उनले सडक आन्दोलनबाट बादशाह ठानेको ओलीलाई आफूहरू बालकोटसम्म पुर्‍याएर छाडेको बताए।

 

 

मधेसको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेसको ‘भिलेन’ भएको तर्क गरे। ओलीले चुरेको दोहन गरी बालुवा निकाल्ने नाममा मधेसलाई मरुभूमि बनाउन खोजेकोमा आफूहरूले चुरे दोहन रोकेको उनको भनाइ थियो।

 

सात वटा स्वास्थ्य चौकी उद्घाटन

रामगोपालपुर पुगेका प्रचण्ड आजै प्रसिद्ध स्थल सौतनियाँ पोखरीको निरीक्षण गरेका थिए। त्यसपछि उनले प्राथामिक स्वास्थ्य केन्द्र रामगोपालपुरको प्राङ्गणबाट नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७ , ८ र ९ नम्बरमा नवनिर्मित आधारभूत स्वास्थ्य चौकीको उदघाटन गरे।

प्रचण्डलाई भब्य स्वागत

प्रचण्डलाई स्थानीय महिलाहरुले मिथिलाञ्चलका प्रसिद्ध साँस्कृतिक झाँकी प्रर्दशन गरी स्वागत गरेका थिए। उनीहरु अध्यक्ष प्रचण्डालाई स्वागतस्वरुप प्रसिद्ध समाचकेवा, झिझियालगायतका झाँकी प्रर्दशन गरेका थिए। त्यस्तै साधुसन्तहरुको टिमले स्वागत स्वरुप भजन कीर्तन गरेका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस