सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • स्वास्थ्य लाभपछि ‘मेरी बास्सै’ सुटिङमा फर्किइन् पल्पसा डंगोल
समाचार

स्वास्थ्य लाभपछि ‘मेरी बास्सै’ सुटिङमा फर्किइन् पल्पसा डंगोल

काठमाडौं ।

स्वास्थ्य लाभपछि अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ काममा फर्किएकी छिन् । झन्डै ६ महीनापछि उनी हाँस्य टिभी सिरियल ‘मेरी बास्सै’को छायांकन सेटमा फर्किएकी हुन् ।

विज्ञापन

 

विज्ञापन

यो हाँस्यसिरियलको नयाँ एपिसोडमा चम्सुरीलाई पनि देख्न पाइने भएको छ ।  अभिनेत्री डंगोलले नयाँ जोश र खुशिसाथ सुटिङ सेटमा फर्किएको बताइन् ।

चम्सुरी सेटमा फर्किँदा कास्ट एन्ड क्रिउले स्वागत गरेका थिए । तर, उनले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी नै छ । त्यतिञ्जेलसम्म उनले सिरियलमै काम गर्ने भएकी छिन् ।

 

 

उनले आफू सुटिङ सेटमा फर्कन लागेको जानकारी दिँदै फेसबुकमा लेखेकी छिन्, ‘आज बेलुका मेरीबास्सै हेर्नुहोला । म हजुरहरुलाई भेट्न आउँदैछु ।’

परिवारकै एकजना सदस्यले उनलाई मिर्गौला दिनेछन् भने यसका लागि सरकारी प्रक्रिया पनि पुरा हुँदैछ । माघमा मिर्गौला प्रत्यारोपण हुने जानकारी उनको परिवारका एक सदस्यले दिए ।

गत जेठमा लकडाउनकै समयमा उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरको सुझावअनुसार उनले दुबै मिर्गौला फेर्नुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस