On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • होङ्शी सिमेन्टले पायाे मागेजति बिजुली, दैनिक ६० हजार लिटर डिजल किन्नुपर्ने बाध्यता हट्याे
समाचार

होङ्शी सिमेन्टले पायाे मागेजति बिजुली, दैनिक ६० हजार लिटर डिजल किन्नुपर्ने बाध्यता हट्याे

नवलपरासी ।

चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा रहेकाे सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।

विज्ञापन

नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई हिजाे शनिवारदेखि बिजुली आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेशन हिजाे राति ९ बजे चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।

विज्ञापन

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई बिजुली दिएको हो ।

 

होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट बिजुली चाहिने छ ।

उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै बिजुली दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट बिजुली आपूर्ति लिने ग्राहकको भन्दा १३२ केभीको महसुल सस्तो छ । बिजुली लाइन पुग्न नसक्दा उद्योगले १ दशमलव ४ मेगावाटका १४ वटा डिजल जेनेरेटरमार्फत बिजुली आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक ६० हजार लिटर डिजल खपत गर्दै आएको उद्योगले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई बिजुली दिन सकिएको बताउनुभयो ।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई बिजुली आपूर्ति दिइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई बिजुली आपूर्ति दिइएको हो ।

२२० केभी प्रसारण लाइनबाट आएको बिजुलीलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा बिजुली दिइएको छ । बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।

‘देशभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरूले मागेजति विद्युत् दिइरहेका छौँ । गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेशनहरूको क्षमता बढाउने, सुदृढीकरण गर्ने लगायतका काम अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, घिसिङले भन्नुभयो, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौँ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग बिजुली पुर्‍याउने घोषणाअनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण याे प्रसारण लाइनको निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/०७४ मा आयोजनाको सुरु गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस