आइतवार, मंसिर १२, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भूपेन्द्र ह’त्या प्रकरण : फरार रहेका विकास खड्का समातिए
समाचार

भूपेन्द्र ह’त्या प्रकरण : फरार रहेका विकास खड्का समातिए

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको ह’त्या प्रकरणमा फरार रहेका थप एकजना प’क्रा’उ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट प’क्रा’उ गरेको हो ।

गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा ह’त्या भएको थियो । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको ह’त्या भएको प्रहरीको दाबी छ । रावल फरार छन् ।

 

विज्ञापन

 

 

विकासले नवीनकै समूहमा रहेर गुन्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो ।

यसअघि नै प्रहरीले ह’त्यामा संलग्न रहेको आरोपमा आठजनालाई प’क्रा’उ गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस