आइतवार, कार्तिक २५, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा आठ वर्षीय बालकको आफ्नै घरको गेटले किचेर ज्यान गयो
समाचार

भरतपुरमा आठ वर्षीय बालकको आफ्नै घरको गेटले किचेर ज्यान गयो

चितवन।

भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेटले किचेर ज्यान गएको छ ।

विज्ञापन

गेटमा खेल्ने क्रममा आफ्नै घरको गेटले किचेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्यान गएको हो । उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले  जानकारी दिए ।

विज्ञापन

 

 

 

तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहेका मृतक बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए । सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालकको ज्यान गएको स्थानीयले जनाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस