शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • ढुङ्गाको अवैध व्यापार अन्त्य गरेर सडक बनाउन पहल गर्छु : अर्थमन्त्री शर्मा
समाचार

ढुङ्गाको अवैध व्यापार अन्त्य गरेर सडक बनाउन पहल गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग निर्माणमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गरी काम सुचारु गरिने बताएका छन्। शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले त्यस मार्गमा भइरहेको ‘व्यापार’को अन्त्य गरी तत्काल कदम चाल्ने बताएका हुन्।

विज्ञापन

आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने बताएका छन्। ‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु। त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु।’

विज्ञापन

अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क निर्माणको पहल समेत गर्ने बताएका छन्।

यसैगरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ। गरिबहरूको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ’, उनले भने, ‘शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ। त्यो दायित्व हाम्रो काँधमा छ।’

शङ्खधर साख्वालाई तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूति घोषणा गरिएको थियो। त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस