शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो : अध्यक्ष प्रचण्ड
समाचार

बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो : अध्यक्ष प्रचण्ड

काठमाडौँ।

 

विज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् ।

विज्ञापन

‘माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘समाजवादी क्रान्तिलाई नयाँ उचाइँमा पर्‍याउने सपनामाथि षड्यन्त्र भइरहेको छ ।’

 

प्रचण्डले बादशाहलाई घोडाबाट झारेजस्तो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको बताए । ‘कम्युनिष्टलाई एउटै थलोमा ल्याउन पार्टी एकता गर्‍यौँ । तर, पार्टीभित्रैबाट,अध्यक्ष एवं प्रधानमन्त्री बनाएकाबाट गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भयो,’ प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटनको अर्थ फेरि मुलुकलाई कहीँ न कहीँ निरंकुशतन्त्र तिर लैजाने, संविधान उल्ट्याउने समावेशी लोकतन्त्र उल्ट्याउने षड्यन्त्र थियो ।’

‘अन्ततः पार्टी विभाजन भए पनि ‘कम्युनिष्टलाई एकतावद्ध गर्नुपर्छ’ भन्ने सपना गलत नभएको उनले जिकिर गरे । उनले भने, ‘किनकि कार्यकर्ता मात्र होइन, जनताले पनि अनुमोदन गरेका थिए । दुई तिहाइबाट अनुमोदन भएको थियो ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस