काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीशहरूसँग लफडा परेको बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफूबाहेकको संवैधानिक इजलास तोकेका छन् ।
विज्ञापन
न्यायाधीशहरूले गएको सोमबारदेखि इजलास बहिस्कार गरेपछि उनले विगतमा प्रश्न उठाइएको संवैधानिक इजलासमा आफूबाहेकलाई तोकेर नयाँ प्रयोग गरेका छन् । प्रधानन्यायाधीश वा कायममुकायम प्रधानन्यायाधीश बसेर संवैधानिक इजलास चलाइए पनि वरिष्ठतम न्यायाधीशको नेतृत्वमा अहिलेसम्म संवैधिानक इजलास चलेको छैन ।
प्रधानन्यायाधीश जबराले आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहेको संवैधानिक इजलास तोकेका छन् ।
प्रधानन्यायाधीशले यस्तो प्रयास गरे पनि न्यायाधीशहरू भने इजलासमा बस्ने मुडमा देखिँदैनन् ।
फेसबुक प्रतिक्रियाहरु