आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • प्रभु साहले एमाले छाड्ने
समाचार

प्रभु साहले एमाले छाड्ने

प्रचण्ड अर्थात् नेकपा माओवादी केन्द्र छाडेर केपी शर्मा ओली अर्थात् नेकपा एमालेतिर लागेका नेता प्रभु साहले एमाले पनि छाड्ने भएका छन्। तर उनी पुनः माओवादी केन्द्रमा फर्किन लागेका भने होइनन्।

 

विज्ञापन

उनीनिकट एक नेताको दाबीअनुसार पूर्वमन्त्रीसमेत रहेका नेता साह एमालेमा पनि नरहने र माओवादी केन्द्रमा पनि नफर्किने निष्कर्षमा पुगेका हुन्। बरु उनी नेकपा नै ब्युँताउने निर्णयमा पुगेका हुन्। त्यसका लागि आफ्नो अध्यक्षतामा उनले ५१ सदस्यीय केन्द्रीय सदस्यको सूचीसमेत तयार पारिसकेको स्रोतको दाबी छ।

विज्ञापन

 

ओलीले आफूहरूको ८ बुँदे माग पूरा नगरेको भन्दै असन्तुष्ट साहले अब केही दिनभित्र पुनर्गठित नेकपाको केन्द्रीय कमिटी घोषणा गर्ने तयारी गरेका छन्।

 

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वाेच्च अदालतको फैसलाले भंग भएपछि साहसहित रामबहादुर थापा, लेखराज भट्टलगायत माओवादी नेताहरू प्रचण्डको साथ छाड्दै ओलीको पार्टीमा सामेल भएका थिए। एमाले अध्यक्ष ओलीले अन्य नेतालाई भनेजस्तो जिम्मेवारी दिए पनि साहलाई दिएनन्। यसैकारण उनी ओलीप्रति रुष्ट भएका हुन्।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १४ घन्टा अगाडि

भर्खरै

सिफारिस