शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा केपी ओलीले गराएको निर्णयले प्रचण्ड खुसी
समाचार

एमालेमा केपी ओलीले गराएको निर्णयले प्रचण्ड खुसी

काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुब आलोचना गर्छन् । प्रचण्डको राजनीति नै सिध्याउन ओलीले अनेक योजना बनाउँछन् ।

विज्ञापन

एमालेले बुटवलमा गर्ने भनेर विधान महाधिवेशनबाटै तोकेको राष्ट्रिय महाधिवेशन स्थल सार्दै चितवन ल्याइएको छ । प्रचण्डको गृहजिल्ला भएका कारण एमालेको प्रभाव बढाउन चितवनमा महाधिवेशन गर्न खोजिएको चर्चा भइरहेका बेला प्रचण्डले भने चितवनमा एमाले महाधिवेशन हुँदा खुसी व्यक्त गरेका छन् ।

विज्ञापन

मंगलबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्ने एमालेको निर्णयले मेरो विजयी यात्रा सुरू भयो । एमालेले चितवनमा महाधिवेशन गरे पनि म त झन् यहीँ आउन पर्‍यो नि !’

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवन जिल्ला नछाड्ने बताए । ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ ५ वर्षका लागि तर म चितवन छाड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छाडेर अन्त जादिनँ,’ अध्यक्ष प्रचण्डले भने ।

न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले गरिमालाई कायम राख्नुपर्ने प्रचण्डले बताए । ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

उनले सत्तारुढ गठबन्धनमा कुनै पनि समस्या नभएको बताएका छन् । उनले भने, ‘हिजो मात्र ३ वटा गठबन्धनबीच छलफल भयो, त्यस्तो कुनै समस्या छैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस