Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसीबारे देउवाको आक्रोश : यति ठूलो अनुदान आएको छ, चाहिएन भन्छन्, हद भइसक्यो
समाचार

एमसीसीबारे देउवाको आक्रोश : यति ठूलो अनुदान आएको छ, चाहिएन भन्छन्, हद भइसक्यो

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एमसीसी पारित गर्ने बताएका छन्।

आज शुक्रबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन्।

विज्ञापन

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोबाट ठूलो मात्रामा जनधन क्षति भएको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार बिहान नेपाल प्रेस युनियन (कैलाली) ले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका हुन्।

विज्ञापन

त्यस क्रममा पत्रकारले राखेकाे जिज्ञासामा देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन।’

एमसीसी नेपालको कानुनभन्दा माथि नरहेको दाबी गर्दै प्रधानमन्त्री देउवाले यसबारे झुटा प्रचार भइरहेको आरोप पनि लगाए।

‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन्’, उनले आक्रोश पाेखे, ‘हद भइसक्यो।’

यस्तै बाढीपहिरो पीडितका सन्दर्भमा प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतको व्यवस्था गरिने आश्वासन दिए।

कस्तो खालको राहत भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने जानकारी दिए। ​

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस