On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कडकनाथ पालेर मनग्य आम्दानी
समाचार

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा । व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उहाँको दिन बित्दै आएको छ ।

विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ । त्यसबाट हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला रु २०० का दरले बिक्री हुँदै आएको छ । “यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ । अब जिल्लाभर कडकनाथलाई विस्तार गर्ने योजनामा छु ।” उहाँले भन्नुभयो, “पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र अब बृहत्रुपमा गर्दैछु ।” यसअघि बजारमा चल्ला बिक्री भइसकेको, मासुका लागि बजारमा रु तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उहाँले प्रतिगोटा रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ । व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताउनुभयो ।

विज्ञापन

अमर भूमण्डली बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जिल्लामा नै पहिलो पटक व्यावसायिक कडकनाथ पाल्न सुरु गर्नुभएका उहाँले मासु र अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताउनुभयो । फार्ममा अहिले ६०० मलेसियन कडकनाथ जातको कालो कुखुराका साथै ब्रोइलर कुखुरा, बाख्रा र गाईसमेत पालिएको छ । अहिले फार्ममा ५०० कुखुरा छ । आठ महिना अगाडि चितवनबाट चल्ला ल्याएर पाल्न थालिएकामा अहिले अण्डा उत्पादन गरी त्यसबाट चल्ला निकालेर बिक्री गर्ने तयारीमा रहेको व्यवसयी विष्टको भनाइ थियोे । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहनुभएका उहाँ पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आउनुभएको छ । “पार्टीले कुनै पनि मान्छे उत्पादनसँग जोडिएन भने त्यसको राजनीतिक भविष्य छैन भनेर भनिसकेको अवस्थामा अब आफू मात्रै नभई सबै नेता तथा कार्यकर्ता कुनै न कुनै व्यवसायमा आबद्ध हुनैपर्ने अवस्था सिर्जना हुने नै छ, त्यसैले म त पहिलादेखि नै गर्दै आएको कामलाई थप व्यवस्थित पार्दै व्यावसायिक रुपमा नै अगाडि बढिरहेको छु। ” उहाँले भन्नुभयो ।

विज्ञापन

आफैँ रेखदेखका लागि खटिनुभएका विष्टले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । कृषि व्यवसायसँगै घरजग्गा कारोबारसँग आबद्ध भएर त्रिमूर्ति डेभेलपर्ससमेत सञ्चालन गर्दै आउनुभएका उहाँले भन्नुभयो, “किसानको छोरालाई करोडौँ रुपैयाँ हिसाब गर्दाको आनन्दभन्दा गाईलाई घाँस हाल्दाखेरीको आनन्द छुट्टै हुन्छ ।” त्यससँगै विष्टले गिरिराज कुखुरा २००, लोकल कुखुरा ५०÷६०, चार गाई र दश बाख्रा पनि पाल्दै आउनुभएको छ । चरापालन व्यवसायलाई अगाडि बढाउन ‘वर्ड पार्क’ निर्माण गर्नाका साथै रिसोर्टसमेत सञ्चालन गरेर पर्यापर्यटनको रुपमा विकास गर्दै अगाडि बढ्ने योजनाका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

राजनीतिक व्यक्ति समाजसेवामा राम्रो नभईकन जनताका बीचमा जानाको कुनै अर्थ नरहने भएकाले जोसुकै राजनीतिक व्यक्तिले कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्ने व्यवसायी विष्टको तर्क छ । जस्को कुनै पेसा वा व्यवसाय छैन, त्यस्तो व्यक्ति नेता बनेपछि जनताले पनि राम्रो नजरले नहेर्ने उहाँको भनाइ छ ।कोरोना महामारीको समयमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गुर्जो वितरण गरेर देशैँभरि परिचित हुनुभएका विष्ट पछिल्लो समयमा कडकनाथ कुखुरापालन व्यवसायमा लाग्नुभएकोे हो । रासस

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस