शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • डा. भट्टराईको प्रश्न : ओलीतन्त्र र वर्तमान सरकारबीच के फरक ?
समाचार

डा. भट्टराईको प्रश्न : ओलीतन्त्र र वर्तमान सरकारबीच के फरक ?

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि आएका हिंसापीडितमाथि राज्यले थप हिंसा गर्नु विडम्बनापूर्ण भएको बताएका छन्। ‘घरेलु हिंसापीडित महिलाबारे न्याय खोज्न २० दिन पैदल हिँडेर खुट्टामा फोका उठाउँदै काठमाडौं आएका महिलामाथि राज्यले थप हिंसा गर्नु विडम्बनापूर्ण छ,’ उनले भनेका छन्।

सामाजिक सञ्जालमार्फत उनले हिंसा पीडित महिलाहरूको समस्या चाँडै समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै काठमाडौं आएका पीडित महिलाहरूलाई शुक्रवार साँझ माइतीघरमा धर्ना बसिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो।

विज्ञापन

भट्टराईले लोकतन्त्रमा सडक र सदनबाट जनताले उठाएका आवाज सरकारमा बस्नेले सुन्‍नैपर्ने बताए। उनले लेखेका छन्, ‘लोकतन्त्रमा सडक र सदनबाट जनताले उठाएका आवाज सरकारमा बस्नेले सुन्नै पर्छ। नत्र ओलीतन्त्र र यो सरकारबीच के फरक ?’

विज्ञापन

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै उनीहरू नेपालगन्जबाट हिँडेरै बुधवार साँझ काठमाडौं आइपुगेका थिए। कालो ब्यानर बोकेर उनीहरूले माइतीघरमा शुक्रवार दिनभर धर्ना दिएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस