शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • शहरी विकास मन्त्री झाँक्रीले भनिन्– मिटिङ मन्त्रालयमा हाेइन, जहाँ अड्डा हाे त्यहाँ गराैँ
समाचार

शहरी विकास मन्त्री झाँक्रीले भनिन्– मिटिङ मन्त्रालयमा हाेइन, जहाँ अड्डा हाे त्यहाँ गराैँ

काठमाडाैं । रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेकी छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारमा शहरी विकास मन्त्री बनेकी झाँक्रीले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणका क्रममा उनले मन्त्रालयमा मिटिङमात्र नगर्न र जहाँ काम गर्नुपर्ने हाे त्यहाँ तत्काल काम गर्न सुझाव पनि दिएकी छन् ।

विज्ञापन

 

विज्ञापन

वामपन्थी राजनीतिमा सक्रिय युवा नेतृ नेकपा एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीमा आवद्ध छिन् । २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियूको प्रारम्भिक कमिटीमा आवद्ध भएर राजनीतिक यात्रा शुरु गरेकी उनले १९ औं सम्मेलनमा अनेरास्ववियूको अध्यक्ष भएर विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी थिइन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित उनी पहिलो पटक मन्त्री बनेकी हुन् । एमाले विभाजन भएपछि माधव नेपालकाे समर्थनमा लागेकी नेतृ झाँक्रीकाे समाजवादीमा लागेपछि चर्चा चुलिएकाे छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्री नियुक्त गरेका हुन् । उनले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस