शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रभु साहले भने : बालकोटमा अध्यक्षलाई भेटेपछि खुसी भएर फर्किएको छु
समाचार

प्रभु साहले भने : बालकोटमा अध्यक्षलाई भेटेपछि खुसी भएर फर्किएको छु

नेकपा एमालेका नेता प्रभु सहले आफू अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि खुसी भएर फर्किएको बताएका छन्।

विभिन्न आठ बुँदे माग राखेर असन्तुष्टि व्यक्त गरिरहेका साहले शुक्रबार बालकोटमा अध्यक्ष ओलीसँग भएको वार्तापछि आफू उत्साहित र खुसी भएको बताए।

विज्ञापन

‘बालकोटमा अध्यक्ष कमरेडसँग भएको छलफलबाट म उत्साहित र खुसी भएर फर्किएको छ। अब पार्टी काममा फर्किन पनि ऊर्जा मिलेको छ’, उनले  भने, ‘मैले हाम्रा माग पूरा गर्न अध्यक्ष कमरेडको प्रतिवद्धता खोजेको थिएँ। तर उहाँले पार्टी कमिटी बैठकबाटै निर्णय गराएर जान्छु भन्नु भएको छ।’

विज्ञापन

ओली निवास बालकोटमा शुक्रबार मध्यान्ह १२ बजेदेखि भएको छलफल अपरान्ह ३ बजे मात्रै सकिएको साहले बताए।

आफूले उठाएका धेरै माग विधान महाधिवेशनबाट सम्बोधन भएको उनले बताए। यद्यपि उनी नै असोज १५ देखि १७ सम्मको विधान महाधिवेशनम अनुपस्थित थिए।

‘कानुनी रुपमा एमाले हो। तर राजनीतिक रुपमा नेकपाकै निरन्तरता भएको कुरा मेरो राजनीतिक प्रतिवेदन मै उल्लेख छ’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै साहले भने, ‘त्यसैले सबैलाई त्यसै नुसारको जिम्मेवारी दिन्छौँ। पार्टी काममा सक्रिय भएर फर्कनुस् भन्नु भएको छ।’

अध्यक्ष ओलीको प्रतिवेदनमा नेकपाकै निरन्तरता भन्नु आफ्नो मागको सुनुवाइ भएको साहले बताए।

‘अरु केही प्राविधिक कुरा पार्टीबाट सम्बोधन गर्न माग गरेँ। यसमा अध्यक्ष कमरेड सकारात्मक हुनुभएको छ। त्यसपछि म खुसीसाथ फर्किएँ’, उनले भने, ‘पार्टीले गर्ने निर्णयका आधारमा एमालेको अभियानमा सक्रियतापूर्वक लाग्छु।’

साहले राजनीतिक माग सम्बोधन गर्ने अध्यक्षको प्रतिवद्धतापछि प्राविधिक कुरामा धेरै अल्झिनु राम्रो नहुने बताए।

‘अब कसलाई कस्तो जिम्मेवारी दिने कुरा पार्टीको मिलाउँछ,’ उनले भने, ‘बाँकी कुरा पार्टी कमिटीबाटै निर्णय हुने अध्यक्षले बताउनुभएको छ। त्यही भएर म खुसीसाथ फर्किएँ।’

साहका मागबारे बिहीबार उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले सहमति जुटाएका थिए। त्यसपछि उनी बालकोट गएका हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस