शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राजनीतिलाई कमाउने साधन बनाउँदा देशै नरहने खतरा : केसी
समाचार

राजनीतिलाई कमाउने साधन बनाउँदा देशै नरहने खतरा : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई समाजसेवा भन्दा पनि कमाई गर्ने साधन बनाउँदा देश संकटमा परेको बताएका छन्।

अखिल (छैठौं)को २२ औं राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले राजनीतिलाई सबैभन्दा सजिलो र छिटो कमाउने साधन बनाउने प्रवृति मौलाएको बताए।

विज्ञापन

ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था देखिएको अध्यक्ष केसीको भनाई छ। आफूलाई ठूलो दल भन्नेहरुले सत्ताका लागि देशी विदेशी तत्वहरुसँगको सांठगाठ गर्दा नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनता कमजोर भएको नेताले बताए।

विज्ञापन

केसीले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, गणतन्त्रको रक्षाका लागि विद्यार्थीले राजनीति बुझ्नु पर्ने बताए।

पूर्पउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले विद्यार्थीले सही प्रकारको राजनीति बुझेमा देशमा जनताले चाहेको परिवर्तन हुन सक्ने बताए। नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको बताउँदै अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने अध्यक्ष केसीको तर्क छ।

अध्यक्ष केसीले भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गर्दै ठूला दलहरुमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले निम्ताएको अकर्मण्यताको फल नेपाली जनताले भोगिरहेको बताए ।

नेता केसीले ओलीले संसद विघटन गर्दै प्रतिगमनकारी कदम चाल्दा त्यसको विरुद्धमा एक ठाउँमा भएको गठबन्धनले जनताको आकांक्षा अनुरुप काम गर्न नसकेको बताए।

उनले संघीयताका कारण राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता संकटमा परेको बताउँदै एमसीसीका बिरुद्व राष्ट्रवादी शक्ति एक ठाउंमा उभिने बेला आएको बताए।

लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसीले शिक्षा नीति सही प्रकारको नहुँदा देशमा सर्टिफिकेट प्राप्त गरेका हजारौं विद्यार्थी बेरोजगार भएर विदेश पलाएन हुनुपरेको बताउँदै शिक्षामा आमूल परिवर्तन आजको आवश्यक्ता रहेको बताइन्।

अखिल (छैठौं)का पूर्व केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले वैज्ञानिक, जनवादी र व्यवहारिक शिक्षा ल्याउनका लागि अखिल (छैठौं) कसैसँग नझुक्ने बताए। उनले शिक्षामा रहेका सबै प्रकारका विसंगति र विकृति हटाउँदै व्यवहारिक शिक्षाका लागि शैक्षिक आन्दोलन आवश्यक रहेको बताए।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, नेपाल विद्यार्थी संघका उपसभापति मुक्तिराज पौडेल, अनेरास्वयुका उपाध्यक्ष यमराज पाण्डे, नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्वयुका अध्यक्ष सुदेश पराजुली लगायतले शुभकामना दिएका थिए।

अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेलको अध्यक्षता र सचिव शुभास जिसीको सञ्चालनमा भएको कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, जातीय समता समाजका अध्यक्ष राजेश विक, अखिल नेपाल किसान संघका उपाध्यक्ष चन्द्र बहादुर केसी, जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल शिक्षक संघकी कमला बञ्जाडे, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल महिला संघका महासचिव सकुन्तला रानालगायतले आआफ्ना भनाइ राखेका थिए।

यस्तै, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पठाएको शुभकामना पढेर सुनाइएको थियो।

उद्घाट कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए।
तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस