शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानन्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइयो : भीम रावल
समाचार

प्रधानन्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइयो : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गजेन्द्र हमाललाई मन्त्री बनाएर गठबन्धनका दलहरूले आफने असली रूप उदांगो पारेको दाबी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा सांसद नरहेका हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्। हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आफन्त भएको चर्चा छ।

विज्ञापन

यसै प्रसंगम प्रमुख प्रतिपक्षी दल एमालेका नेता रावलले पनि टिप्पणी गरेका हुन्।

विज्ञापन

‘सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खबरले प्रम देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदांग भएको छ’, नेता रावलले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आलोना गरेका छन्, ‘यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस