शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देवेन्द्र पौडेल सहित यी चार जना मन्त्री बनाउने माओबादीको निर्णय
समाचार

देवेन्द्र पौडेल सहित यी चार जना मन्त्री बनाउने माओबादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने चार जनाको नाम टुंग्याएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारमा पठाउने ४ जनाको नाम टुंगो लगाएको हो ।

स्थायी कमिटि बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार स्थायी कमिटीले उनीहरूको नाम पठाउने निर्णय भएको छ ।

विज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबिनेट मन्त्री हुनेछन् भने यादवलाई राज्यमन्त्री बनाइने भएको छ ।सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि बुधवार स्थायी कमिटी बैठकबाट माओवादीले मन्त्रीको टुंगो लगाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस