शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि १४ जना माओवादी केन्द्रमा प्रवेश
समाचार

चितवनको इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि १४ जना माओवादी केन्द्रमा प्रवेश

मुग्लिन ।

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग(वाइसियल)नेपाल इच्छाकामना ५को भेला सम्पन्न भएको छ ।मुग्लिनमा सम्पन्न भेलाले टक बहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय वडा कार्य समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा सन्तोष चेपाङ र आकाश चेपाङ, सचिवमा प्रविन मगर, सह–सचिवमा सागर गुरुङ, पुशपति तीवारी र कोषाध्यक्षमा सकुन्तला रानामगरलाई चयन गरिएको छ ।

विज्ञापन

नेकपा माओवादी केन्द्र वागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहालको प्रमुख अथिति तथा जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामनाका सह–इन्चार्ज सावित्रि सिलवाल, इच्छाकामनाका संयोजक हरि थापा लगायतको अतिथि तथा वाइसियल इच्छाकामनाको अध्यक्ष झलक गुरुङको सभापतित्वमा भेला सम्पन्न भएको हो ।
उक्त भेलामा विभिन्न पार्टी परित्याग गरि १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।नेकपा एमालेका नारायण प्रसाद पाण्डे र नेपाली कांग्रेसका टक बहादुर गुरुङको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलई प्रमुख अतिथि दाहालले रातो टिका र खदा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस