शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘मच्छरले हात्ती खाएको सपना जस्तै माधव नेपालले एमालेलाई टर्च बालेर खोज्‍ने कुरा’ : केपी ओली
समाचार

‘मच्छरले हात्ती खाएको सपना जस्तै माधव नेपालले एमालेलाई टर्च बालेर खोज्‍ने कुरा’ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

एमालेको जारी केन्द्रीय कमिटी बैठकलाई आइतवार च्यासलमा सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्।

विज्ञापन

‘मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नु पर्ने भन्नु उस्तै हो’, ओलीले बैठकमा भने।

विज्ञापन

ओलीले आफ्नो नेतृत्वको सरकारले धेरै विकासका काम गरेको पनि दाबी गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा ओलीले आफ्नो सरकारले अरुले सिक्नुपर्ने गरी काम जिकिर गरेका हुन्।

उनले एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि बताए। ‘हामी प्रतिपक्षमा पुग्दैमा आत्तिनुपर्ने अवस्था छैन। हामीलाई भोट माग्न समस्या छैन’, उनले भने, ‘म सरकारमा हुँदा धेरै काम गरेका छौँ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस