शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी फुटाउन देशीविदेशी शक्तिले ठूलो लगानी गरे : प्रचण्ड
समाचार

माओवादी फुटाउन देशीविदेशी शक्तिले ठूलो लगानी गरे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी पार्टी फुटाउन देशीविदेशी शक्तिहरूले ठूलो लगानी गरेको बताएका छन् ।

वाइसियल नेपाल, पाँचखाल काभ्रेको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी पार्टीको मूल नेतृत्वलाई कमजोर पार्नका लागि निकै ठूलो लगानी भयो ।’

विज्ञापन

उनले आफ्ना नेताहरू आपसमा विवाद गरेको पार्टी विभाजनजस्तो देखिएको भए पनि यथार्थ त्यस्तो नभएको पनि बताए । ‘यसो हेर्दा त हाम्रा नेताहरू आपसमा विवाद गरेर पार्टी विभाजन भएको देखिन्छ । तर, मैले हिजोको जनयुद्धको कमाण्डरको हैसियतले, शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न नेतृत्व गर्ने एउटा जनताको छोराको हैसियतले मैले नजिकबाट के देखेको छु भने माओवादी पार्टी फुटाउनको निम्ति र माओवादी पार्टीको मूल नेतृत्वलाई कमजोर पार्नका लागि निकै ठूलो लगानी भयो यो देशमा,’ प्रचण्डले भने ।

विज्ञापन

उनले केहीलाई प्रचण्ड बिग्रिएको जस्तो लागेको भए पनि यथार्थ त्यस्तो नभएको पनि बताए ।

‘साथिहरूलाई लाग्यो प्रचण्ड बिग्रियो । साथिहरूलाई लाग्यो अब प्रचण्डबाट क्रान्तिको नेतृत्व हुँदैन जस्तो, त्यो ठान्ने साथिहरूलाई अहिले केही भन्न गइरहेको छैन,’ प्रचण्डले भने, ‘उनीहरूलाई त्यस्तो सोच्ने स्वतन्त्रता छ । हामो पार्टीलाई कमजोर पार्नका लागि विदेशी सामराज्यवादी शक्तिहरू, प्रतिक्रियावादी शक्तिहरू र देशभित्रका शक्तिहरू कसरी लागे कसरी उनले ठूलो लगानीको साथ आपसमा बिभ्रम पार्न खोजियो भन्ने मैले सबैभन्दा बढी नजिकबाट देखेँ ।’

बेलाबेलामा उत्तेजित भाषण गरिरहने अध्यक्ष प्रचण्ड कहिले माओवादी एक नम्बरको पार्टी बन्ने घोषणा गर्छन् भने कहिले आफू एक्लिँदै गएको महसुस पोख्छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस