शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएका हुन् : ओली
समाचार

पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएका हुन् : ओली

बर्दिया । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । उनले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको बताएका हुन् ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,’पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

विज्ञापन

 

विज्ञापन

उनले भने,’पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ? यो ज्यादती हो हामीले अदालतमा मुद्दा दर्ता गरेका छौं ।’ यस्तै, ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । उनले भने,’जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।’ ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।

मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै ओलीले भने,’७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु लोभी पापीको हड्डीको लागि लडाइँ छ ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस