शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • हामीलाई ओली जाली, झेली हुन भनेर सिकाएको चाँही घनश्याम, योगेश, गोकर्णहरुले नै हो : प्रचण्ड
समाचार

हामीलाई ओली जाली, झेली हुन भनेर सिकाएको चाँही घनश्याम, योगेश, गोकर्णहरुले नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालले एमाले छाडेर ठीकै ट्र्याकमा अघि बढेको टिप्पणी गरेका छन् । तर, एमालेमा माधव नेपालको साथ छाडेर ओलीतिरै बसेका १० जनाले भने ओलीको बेइमानी थाहा हुँदाहुँदै पनि आत्मसमर्पण गरेको उनले बताए ।

 

विज्ञापन

सहिद सूर्यनाथ राना यादवको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

विज्ञापन

 

‘हामीले धेरै मिहिनेत पनि गर्‍यौं । हुन त मिहिनेतको फल लागेको पनि छ । अहिले झलनाथ, माधव जस्ता पुरानो पिँढीका साथीहरु ठीकै ट्र्याकमा अघि बढ्न जमर्को गरिराखेका पनि छन् । हामीले त्यहाँ सहयोग पनि गरिरहेका छौं’, प्रचण्डको भनाई छ, ‘तर, जसले आफूलाई वैचारिक मान्छे भन्थे, उनैले आत्मसमर्पण गरे । केपीको निरकुंशता पनि थाहा छ तिनीहरुलाई, नेपालको एउटा भ्रष्ट नेता हो, जाली झेली नेता हो भन्ने पनि थाहा छ उहाँहरुलाई । मलाई र हामीहरुलाई त यो यति भ्रष्ट नेता हो, बेइमानी, यति झेली, जाली नेता हो भनेर सिएकाएको चाँही घनश्याम, योगेश, गोकर्ण लगायतका १० जनाको टिमले हो ।’

 

उनीहरुले अन्तिममा आत्मसमर्पण गरेको देख्दा आफूलाई अनौठो लागिरहेको प्रचण्डले बताए । उनले भने, ‘हामीलाई दह्रोसँग टेक्नुस् हामी छौं साथमा भन्ने पनि उहाँहरु नै हो । तर, लास्टमा सबैले आत्मसमर्पण गर्नुभयो अनौठो लागिरहेको छ हामीलाई ।’

 

 

साथै प्रचण्डले आफ्नो पार्टीका नेताहरु विस्तारै एमालेकरण भइरहेको टिप्पणी गरे । ‘हाम्रो पार्टीको पनि विस्तार विस्तारै एमालेकरण नै भइरहेको छ’, उनले भने ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस