शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘तेस्रोधार’सँग विद्रोह गर्ने आँट छैन : माधव नेपाल
समाचार

‘तेस्रोधार’सँग विद्रोह गर्ने आँट छैन : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन्। अध्यक्ष नेपालले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताए।

प्रस्तावित समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारसँगको अन्तरक्रियामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको असहिष्णु प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए। नेपालले पार्टीमा तेस्रोधार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाए।

विज्ञापन

फरक प्रशंगमा पूर्वप्रधानमन्त्री नेपालले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य संगठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गरे।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस