शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा सबैभन्दा धेरै योगदान माधव नेपालको छ : अष्टलक्ष्मी शाक्य
समाचार

एमालेमा सबैभन्दा धेरै योगदान माधव नेपालको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गुटबन्दीले नेकपा एमाले कमजोर हुँदै गएको बताएकी छन्। बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा उपाध्यक्ष शाक्यले एमाले रुपान्तरित हुन जरुरी रहेको बताइन्। शाक्यले सिंगो नेकपा एमाले सुदृढ गर्न समीक्षा गर्नुपर्ने बताइन्।

उनले भनिन्,‘हामी गुटबन्दीको सिकार भयौं। त्यसको अन्त्य गरौं।’ त्याग र बलिदानको फल हो एमाले। जनजन र मनमनमा एमाले छ। फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ। माधव नेपाल कमरेड आन्दोलनमा होइन, फर्किनुहोस्। तपाईंको पनि पार्टीमा ठूलो योगदान छ।’

विज्ञापन

माओवादी केन्द्रसँगको एकता गर्दा कम्युनिष्ट आन्दोलन रक्षाको लागि २०७५ जेठ ३ गते एकता गरेका बताइन्। पार्टी एकतापछि कमिटी बिहिन भएपछि अराजकता बनेर पार्टी कमजोर बन्दै गएको उनको भनाइ छ।

विज्ञापन

शाक्यले भनिन्, ‘फागुन २३ गते सर्वोच्च अदालतले एकता अ’वैध भन्दै छुट्याइदियो। हामी एमालेमा फर्केपछि एमालेमा सजिलै फर्किन पाएनौँ। हामी लामो समय एमाले हुन सकिन। माओवादी आफ्नो पार्टीमा फर्किसकेको थियो।’

एमालेको विवाद समाधान कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव अगाडि सारेपछि एमालेभित्र प्रवेश गर्ने बाटो खुलेको बताइन्। ‘हामी एमालेमै छौँ। हामीले दुख गरेको पार्टीमै छौँ। मलाई एमाले विभाजन हुने पक्षमा छैनौँ। हामी कम्युनिष्ट पार्टीमा त्याग र विचार युक्त पार्टीको रूपमा लाग्नुपर्छ। १० बुँदे सहमतिमा इमान्दारपूर्वक कार्यान्वयन गरौँ। कुनै जालझेल नगरौँ। विभाजन गरेर कुनै फाइदा छैन’ उनले भनिन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस