शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, योगेशको दौडधुप
समाचार

एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, योगेशको दौडधुप

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्या भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छिन् ।

अहिले भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईले साथ दिदै आएका छन् । उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाइरहेका छन् ।

विज्ञापन

विश्वस्त स्रोतका अनुसार भट्टराईले राष्ट्रपति भण्डारीसँग छलफल गरी अध्यक्ष ओलीलाई ब्याक हुन सहमत बनाएका छन् । त्यो सन्देश लिएर उनी माधव नेपाल कहाँ पुगे । त्यसपछि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी र संगठनलाई फर्काएर लाने विषयमा मौखिक सहमति बनेको बुझिएको छ ।

विज्ञापन

 

नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने सन्देश दिएका छन् । त्यो सन्देश बोकेर भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले सर्तसहित सहमतिको प्रस्ताव राखेका छन् । जसमा उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता देखि अदालतमा दायर रिट फिर्ताको समेत शर्त राखेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस