शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थपियो
समाचार

चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थपियो

चितवन।चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । अहिले केहीबेरमा जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गर्दैछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।

विज्ञापन

 

विज्ञापन

 

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस