शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेः पार्टी एकता अन्तिम समयसम्म जारी राखिने
समाचार

एमालेः पार्टी एकता अन्तिम समयसम्म जारी राखिने

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठकबाट अन्तिम समयसम्म एकताको प्रयास जारी राख्ने निर्णय गराए । उनले यसअघिको बैठकबाट माधव नेपालसहित ११ नेतालाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गरेका थिए ।

आज १२ जना निष्काशनको सूचीमा राखिएकामा कुनै निर्णय भएन । ओलीले कारबाहीमा फेरि अलमल गरे । यसअघि नेपालमाथि निष्काशनको निर्णय गरेपनि पुनः फिर्ता लिएका थिए । पछि फेरि कारबाही गरी पार्टीबाट निष्काशनको निर्णय लिए ।

विज्ञापन

ओलीले एमालेभित्र अलमलाउँदै माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई तान्दै आएका छन् । उनले विगतमा पनि यसरी नै अलमलाउँदै तान्दै शक्तिसञ्चय गरेका थिए ।

विज्ञापन

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिदा पनि ओलीले अलमलाउँदै र तान्दै शक्ति सञ्चय गरेका थिए । उनले पूर्वमाओवादीका बादलसहितका नेताहरुलाई एमालेमा तानेका थिए । लेखराज भट्ट नेकपा हुँदै ओलीको पक्षमा गएका थिए ।

एमाले ब्युँतिएपछि माधव नेपालले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय लिए । ढिलो गरी उनले निर्णय लिँदा तत्कालिन प्रनिनिधि सभाका आफूपक्षीय सांसदहरु गुमाइसकेका थिए । शेरबहादुर तामाङलगायत ओली पक्षमा गइसकेका थिए ।

नेपाल ओलीको छिटो र कडा कदमसामु सुस्त देखिए । उनले निर्णयहरु निकै ढिलो लिइरहे । ओली अलमलाउँदै नेपाल समूहका नेताहरु तान्न लागिरहे ।

एमाले ब्युँतदा नेपालसँग झण्डै ४० सांसद थिए । तर, संघर्षका दौरान घट्दै ३० को हाराहारीमा आए । २८ सांसद खुलेर नेपाल समूहमा थिए । तर, ओलीको रणनीतिले नेपाल अलमलमा परिरहे ।

एकपटक ओलीलाई सत्ताबाट हटाउने रणनीतिका साथ नेपाल पक्षीय २८ सांसद राजीनामाका लागि तयार भएका थिए । जसमध्ये २२ जना प्रत्यक्ष निर्वाचित सांसद थिए । तर, नेपाल समूह रोक्कियो । उनी अलमलिइरहँदा संख्या घट्दै गयो ।

ओलीविरोधी गठबन्धनमा नेपाल पनि खुलेर सहभागी भए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबीको पत्रमा हस्ताक्षर गर्न एमाले सांसदहरु समेत देखिए । नेपाल समूहबाट हस्ताक्षर गर्नेहरुको संख्या घट्यो । कतिपय ओली समूहमा सहभागी भए ।

हस्ताक्षर गरेकाहरु पनि अदालतमा रिट दायर गर्न गएनन् । फेरि नेपालसँग लागेकाहरु ओलीतिर गए । कतिपयले मध्यमार्गी बाटो अपनाएको भन्दै नेपाललाई सहयोग गर्न तयार भएनन् । ओलीको रणनीतिले नेपाल अलमलमा मात्र परेनन् निकटस्थहरु गुमाउँदै गए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस