शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
समाचार

चितवनमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

चितवन ।चितवनमा विषालु च्याउ खाएर एकै परिवारका चार जना बिरामी भएका छन् । जङ्गली च्याउ खाएर पूर्वी चितवनको राप्ती नगरपालिका ४ मा बस्ने कृष्ण बहादुर घिमिरेका छोरा भुवन घिमिरे, बुहारी र श्रीमती बिरामी भएका हुन् । जङ्गली च्याउ खाएर अशक्त भएका चार जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घिमिरेका परिवारले गत शनिबार साँझ नजिकैको सामुदायिक बनबाट च्याउ ल्याएका थिए । च्याउ खाएको केही समयमा नै घिमिरेका सबै परिवारलाई रिगंटा लाग्ने, वाकवाक लाग्ने भएपछि उनीहरुलाई अस्पताल ल्याइएको उनका आफन्त बताँउछन् । समयमा नै अस्पताल आएकोले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नचिनेको जातको च्याउ नखान स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस