शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवन,मकवानपुर र नवलपरासी एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि झरी पर्ने
समाचार

चितवन,मकवानपुर र नवलपरासी एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि झरी पर्ने

चितवन ।चितवनसहित देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । चितवन आसपासका जिल्लामा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर,नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

चितवन,नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

विज्ञापन

यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्सी आइतवार र सोमवार पानी नपरे पनि मङ्गलवारदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विज्ञापन

फाइल तस्विर

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस