शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • मौलाकालिका केवलकार निर्माण सुरु, आजदेखि रुख कटान थालियो
समाचार

मौलाकालिका केवलकार निर्माण सुरु, आजदेखि रुख कटान थालियो

Renu Dahal

नवलपरासी ।नवलपरासी पूर्वको मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि रुख कटान सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच रुख कटान अभियान सुरु गरिएको हो ।

नेपालकै प्रख्यात एवम् चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिरमा नवलपरासी पूर्वकै गौरवको आयोजनाको रुपमा केवलकार स्थापना गर्न लागिएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जनाए ।

विज्ञापन

उनले आजबाट रुख कटानको अभियान सुरु गरिएको बताउँदै एक वर्षभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको बताए । पौडेलले सानाठूला गरी करिव १ हजार ३८ वटा रुखहरु काटिने जानकारी दिए । जेठ मसान्तसम्ममा रुख कटान कार्य सकिने छ ।

विज्ञापन

 

आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । सो समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ । करिब रु एक अर्बको लगानीमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने व्यवस्था छ ।

चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले काम सुरु गर्दैछ । कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदका अनुसार गैँडाकोट १ धारापानीमा चढ्ने गरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्बाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने छ । दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने क्षमता रहने छ । एक वर्षमै काम सक्ने साउदले बताए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस