शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राजेन्द्र महतोले मागे गृहमन्त्रालय, यी हुन् मन्त्री बन्ने जसपा नेताहरू
समाचार

राजेन्द्र महतोले मागे गृहमन्त्रालय, यी हुन् मन्त्री बन्ने जसपा नेताहरू

काठमाडौँ- जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष १० जना मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा सहभागी हुने भएको छ । १० जनामध्य २ जना भने राज्यमन्त्री हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले सबै माग पुरा गर्दै गएको भन्दै ठाकुर जसपाको समूह सरकारमा सहभागी हुन लागेको बताइएको छ । तर सरकारमा जाने टोलीको नेतृत्व भने राजेन्द्र महतोले गर्ने बताइएको छ । राजेन्द्र महतोले भने यसअघि रामबहादुर थापा बादलले सम्हालेको गृहमन्त्रालयको दाबी गरिरहेको स्रोतले दाबी गरेको छ ।

विज्ञापन

आजै साँझसम्म शपथ ग्रहण गर्ने तयारी गरीएपनि ठाकुरले गृहमन्त्रालय मागेपछि समय लम्बिने भएको छ । बिहानसम्म आजै शपथ हुने तय भएको थियो अहिलेको माहोल अनुसार एक दुई दिन लम्बिने संकेत देखिएको छ ।

विज्ञापन

जसपाका अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने नेताहरुको नाम पनि निश्चित भइसकेको बताइएको छ। जसमा महतोका साथै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तव रहेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस