शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रचलन
  • हत्केलामा भएको रेखाले देखाउँछ भाग्य
प्रचलन

हत्केलामा भएको रेखाले देखाउँछ भाग्य

नाडीबाट शुरू भएर माथितर्फ जाने रेखालाई भाग्य रेखा भनिन्छ । यो रेखा अनामिकाको मुनि पुगेर सकिन्छ ।

हस्तरेखामा भाग्य रेखा अत्यन्त महत्वपूर्ण मानिन्छ । यसबाट व्यक्तिको व्यापार, रोजगारीका साथै जीवनका सफलता एवम् असफलताबारे जान्न सकिन्छ ।

विज्ञापन

भाग्य रेखा हत्केलामा स्पष्ट देखिने यो रेखा कतै नटुक्रिएको भए उत्तम मानिन्छ । यस्तो रेखाका भएका व्यक्तिको भाग्य अत्यन्त उज्ज्वल हुने मान्यता छ ।

विज्ञापन

साथै स्पष्ट एवम् गहिरो भाग्य रेखा भएका व्यक्ति कम परीश्रममा बढि सफलता पाउन सक्षम हुन्छन् । साथै सांसारिक सुखका साथै काममा दोब्बर फाइदा पाउन सक्छन् ।

हस्त रेखा शास्त्रका अनुसार यदि भाग्य रेखा चोर औलातर्फ मोडिएको भए यस्ता व्यक्ति उच्च पद एवम् प्रतिष्ठा प्राप्त गर्न सफल हुन्छन् ।

रोजगारीमा ठुलो सफलता हात लाग्नेछ । साथै समाजमा सम्मान समेत प्राप्त हुन्छ । यस्ता भाग्य रेखा भएका व्यक्ति पूजापाठ र आध्यात्ममा रुची राख्ने हुन्छन् ।

यदी भाग्य रेखा हत्केलामा बुढी औला र चोर औलाको बीचबाट निस्किएको रेखामा ठोक्किएर शनी पर्वतसम्म पुगेको भए व्यक्ति परिश्रमी, मेहनती र योग्यताका आधारमा सफल हुन संभावना रहन्छ ।

यदी हत्केलामा भाग्य रेखा स्पष्ट हुनुका साथै शनी पर्वतसम्म र जीवन रेखा समेत घुमाउरो भए यस्ता व्यक्तिका साथमा धनको कहिल्यै कमी हुदैँन । यस प्रकारको ऐसी रेखा भएका व्यक्तिले यशपूर्ण जीवन व्यतित गर्दछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस