बिहिबार, असार ३, २०७८
जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जाल
  • …त्यसपछि उनले देवरसंग मिलेर आफ्नै श्रीमानलाइ साइड लगाउने विचार गरिन !
सामाजिक सञ्जाल

…त्यसपछि उनले देवरसंग मिलेर आफ्नै श्रीमानलाइ साइड लगाउने विचार गरिन !

आफ्नै श्रीमती र दुई जना भाइबाट धनुषाको हंसपुर नगरपालिकामा एक युवाको ज्या न ग एको छ । शनिबार बिहान राति २ बजे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको ज्या न लि’एका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा सं’लग्न उनकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल सं’लग्न छन्। एक प्रहरीका अनुसार स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मि’लेर यस्तो घटना घटाएको जानकारी दिए। सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन्।

घटनापश्चात् तीनैजना फ’रार भएका छन्। प्रहरीका अनुसार अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको ज्या न लि एका रहेछन।

विज्ञापन

बिहान सवा ३ बजे जानकारी आएपछि प्रहरी पुग्दा श’व भु’इँ’मा फेला परेको थियो। ‘हाम्रो टोली पुग्दा श्रीमती र दुई भाइ भा’गि’सकेका थिए,’ मिश्रले भने। पोस्टमार्टमका लागि शम्भुको श’व प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले घरायसी वि वादमा घ’टना भएको बताएको छ। तर स्थानीयले देवरसँगको अ नै’ति’क स’म्ब’न्धका कारण सुशीलाले यो’जनाब’द्ध तरिकाले पतिको घटना घटाएको दाबी गरेका छन्।

एक स्थानीयका अनुसार सुशीलाले एकसाता अघि देवरसँग अ’नैति’क स’म्ब’न्ध राख्ने क्र’ममा पति शम्भुले देखेका थिए। त्यसपछि शम्भुले कु’ट’पि’ट गर्दा सुशीला भा’गेर धनुषाको वि’देह नगरपालिका ७ बेलाप’ट्टीस्थित माइतीघर गएर बसेकी थिइन्।

एक स्थानीयले भने, ‘शुक्रबार दुवै देवर सञ्जय र अनिल भाउजू सुशीलाको माइत पुगेका थिए। त्यसपछि सुशीलाले पति शम्भुलाई फोन गरी म घर फर्किन्छु, लिन आउनू भनेर बोलाइन् र साँझ घर आइन्। राति घरमा तीनै जना मिलेर शम्भुको ज्या ‘न लि’एर फ’रार भएका छन् ।’

यो पनि : व्यक्ति एक सफलता अनेक

‘मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । काम फत्ते गर्न गाह्रो छैन’ । यो उदाहरण युवा मिलन खत्रीको जीवनलाई हेर्दा थाहा हुन्छ । उनी व्यक्ति एक हुन्,सोच र गरेका काम अनेक छन् । उनी एक सफल उद्यमी हुन् । सँगसँगै कुशल नेता र जुझारु अभिनेता ।

यसको साथै अनेक पर्यायवाची छन् –उनीका । मुख्यत ः यिनै तीन शब्दले उनीलाई चिनाउँछन् । भनिन्छ, ‘मानिसले धेरै क्षेत्रमा हात हाल्दा नतिजा कमजोर आउछ ।’ उनीको जीवन देख्दा त्यस्तो लाग्दैन । उनी जुन क्षेत्रमा हात हाल्छन्, निरन्तर खट्छन् । अनि सफल भएर निस्कन्छन् । विद्यालयको पढाइ छाडेर सदरमुकाम पसेपछि उनीलाई नयाँ काम गर्ने जोश चढ्यो । वैदेशिक रोजगारीले जरो गाडेको समाजमा उदाहरणीय काम गर्ने योजना बनाए । के गर्ने पत्तो थिएन । न पैसा, न काम । सोचाइले मात्र कहाँ हुन्छ र १ यत्तिकैमा उनीको नामसालिङ ९माईजोगमाई गाउँपालिका० सिकेको सीप सदरमुकाममा खन्याउन मन लाग्यो । किनकी मिलनको घरमा डेरी थियो । मिलनलाई डेरीमै सपना पूरा हुने लाग्न थाल्यो ।

इलाम सदरमुकामस्थित कुलधारामा मामुली किसिमको डेरी शुरुआत गर्नुभयो । आफ्नो योजना, साथीभाइको सहयोग र बैँकको ऋणले डेरी चलाउन लाग्नुभयो । मिलनले घरमा भएका सामान बेचेर र आफन्तसँग मागेर नगद जुटाउनुभयोे । त्यति गर्दा पनि रकम अपुग भएपछि बैँकमा रु ३८ लाख ऋण लिएर डेरी शुरु भयो । सुरुआती समय, नयाँ ठाउँ र नयाँ ग्राहक । समस्या त पर्ने भयो । उनीले हिम्मत हारेनन् ।

मिलनले आफूसहित केही साथीसँग सल्लाह गरेर विहान–विहान डेरीमा काम गर्न लाग्नुभयो । धेरै समय खर्चिनु नपर्ने र काम गरेबापत पैसा पनि हुने बुझेपनि साथीभाइ पनि काममा लागे । त्यसरी नै सञ्चालन गरेको डेरीले उनीलाई एक कुसल उद्यमीका रूपमा उभ्यायो । अहिले डेरीमा तीन गाउँको एक हजार सात सय लिटर दूध दैनिक भेला हुन्छ । उनीसहित १९ जनाले काम पनि पाएका छन् । तीस प्रतिशत आफ्नै दाजुको शेयर र बाँकी आफ्नै लगानी रहेको यो डेरीमा अहिले दूध पेलेर छुर्पी अमेरिका र जापानमा बेचिन्छ । घ्यु स्थानीय बजारमा जान्छ । यही डेरीबाट विस्तार गर्दै उहाँले बजार हेर्ने एउटा युनिटको कार्यालय कुलधाराकै अर्को घरमा राख्नुभएको छ । “ठूलो भोलममा कारोबार भएपछि बजार हेर्न एक्लै सकिदैन । बजार हेर्नका लागि छुट्टै कार्यालय खोलेको हुँ ।” मिलनले रासससँग भन्नुभयो, “मैले छुट्टै कार्यालय खोलेर ११ जनालाई मार्केटिङमा खटाएको हुँ ।”

ती एघार जना मार्केटिङ र प्रशोधनमा ८ जना आफूसहित कर्मचारी रहेका मिलनका डेरीमा अहिले मासिक ३५ लाख रुपैयाँको कारोबार हुन्छ । नामसालिङ, गोदक र सोयाङबाट दूध सङ्कलन गरेर घ्यु र छुर्पी बनाउछन् । “बैङ्कको ऋण पनि तिर्दैछु । आम्दानी राम्रै छ । बार्षिक तीन लाख रुपैयाँ सरदर बचत हुन्छ ।” मिलन सुनाउनुहुन्छ ।

आफूले डेरी खोल्नुका मुख्य कारण भने गाउँघरमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनुपनि रहेको मिलनको भनाइ छ । “हामी अन्य क्षेत्रको पनि दूध थपेर प्रशोधन गरेर व्यवस्थित रूपमा डेरी चलाउने सोचमा छौ ।” सेतो पहाड डेरी उद्योग नामको डेरीका सञ्चालक मिलनले भन्नुभयो, “हामी सबै पशुपालनबाटै बाचेका छौँ । हाम्रो धेरैको आम्दानीको स्रोत दूध नै हो । त्यसैले डेरीको नामपनि सेतो पहाड राखेको हुँ ।”

उनी अब व्यवस्थित तवरबाट डेरी सञ्चालन गरेर पराम्परागत प्रक्रिया हटाउने सोचमा रहेका छन् । अव्यवस्थित डेरीकै कारण धेरै लागत डुवाएका किसानको दूधपनि आफूले प्रशोधन गरेर किसानलाई समेत आधुनिकताका बारेमा सिकाउने सोचमा आफू रहेको मिलन बताउनुहुन्छ । “विश्वका धेरै देशमा हाम्रो देशबाट पठाएको छुर्पी खोरेतमुक्त नभएको भन्दै विक्दैन । त्यसैले त्यसका लागि लाग्ने योजनामा छु ।” उहाँले भन्नुभयो । उनी जिल्लामा युवा नेतामा परिचित छन् । राजनीति शुरुआत गरेको लामो भएको छैन । कक्षा ११ मा पढ्दाको कुरा हो । उनी पढ्थे सदरमुकामकै इलाम माध्यमिक विद्यालय ९त्यति बेलाको इलाम उच्च मावि० मा पढ्दै हुनुहुन्थ्यो ।

उनी विद्यालयको स्वागत् कार्यक्रम, विदाइ कार्यक्रममा समावेश रहनुहुन्थ्यो । विद्यालयमा भएका कामको नेतृत्व गर्ने मध्येमा पर्नुहुन्थ्यो मिलन । कहिले हाजिरीजवाफ त, कहिले भलिवल प्रतियोगिता । सबै कार्यक्रमको हर्ताकर्ता बन्नु हुन्थ्यो मिलन । सबैको मन जित्दै जानु भयो । विस्तारमा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्वियु०को विद्यालय अध्यक्ष चुन्नु प¥यो । उनीले खास चासो दिएका थिएन् । उनीका समकालीनले मिलनलाई नै अध्यक्ष इङ्कित गर्नुभयो ।

ख्यालख्यालमा उनी राजनीतिज्ञ बने । उनीले राजनीतिको पानी ढलो त्यही नै हो । यसपछि उनीले राजनीतिमा पनि कहिल्यै पछि फर्किनु परेन । अधिकतम् ः मान्छेको भन्दा भिन्न तवरले राजनीतिक यात्रा शुरु गर्नुभएका मिलनले पदमा पुग्दा खास काम गरेर देखाउनुभयो । समयान्तरमा अनेरास्ववियुकै जिल्ला कोषाध्यक्ष बन्न पुगे, मिलन । कोषाध्यक्ष बन्दा देशकै धेरै रकम संकलन गरेर अनेरास्ववियुकै गरिमा बढाउनुभयो । यसपछि सह–सचिव बन्दै अहिले जिल्ला अध्यक्ष हुनुहुन्छ, मिलन ।

मोडलिङमा रमेको मन

सानैदेखि उनी नाट्य क्षेत्रमा रमे । जिल्लाकै एक मात्र नाट्य क्षेत्र चेतना नाट्य समूहमा समाहित भएर विभिन्न ठाउँमा नाटककै लागि पुगे । कलाकारिताको भोक थिएन । नाटकमार्फत समाज परिवर्तन गर्न उनी उत्सुक तथा लालायित थिए । यत्तिकैमा उनीसँग नाटकका साथीभाइ बढ्न थाले । भेटघाटमा नेपालमै केही गर्नुपर्छ भन्ने कुरा हुन थाले । यसमा पनि उनीलाई कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ भन्ने लागिरह्यो । यत्तिकैमा म्युजिक भिडियोकै निर्देशक नवीन चौहानसँग मित्रता झागियो । उनीकै कारण मिलन नवीनले निर्देशन गरेको म्युजिक भिडियो ‘तीनपाते’मा जोडिन पुग्नुभयो ।

यसअघि नै नवीन नम्बर वान म्युजिक भिडियो निर्देशक भइसकेका थिए । अरूभन्दा नयाँ र पृथक भिडियो बनाउन मिलन र नवीनसँगै अन्य साथी पनि ताते । इलामकै नयाँ भूभाग पानीटार र मङ्गलबारे बजार अटाएर तीनपाते बनियो । बालबालिकाको प्रेम, खेतीबारीको काम, घिउ÷छुर्पीको कथा भएकाले भिडियो अत्यन्तै चल्यो । भिडियो मात्र होइन, टीम नै हाइ हाइ बन्यो । मिलनको मोडलिङले पनि राम्रै नाम पायो । त्यति नै बेला अर्को म्युजिक भिडियो बन्यो–‘याक्थुङमा कान्छी’ । अन्तरजातीय प्रेमलाई आधार बनाएर बनाइएको सो भिडियो पनि राम्रै चल्यो । यसपछि अर्को भिडियोमा मिलन अनुवन्दित बने । त्यो हो ‘सम्झना छ सानु’ । श्रीमती छाडेर विदेशिने युवाको पीडा भिडियोमा छ । भिडियोले धेरै चर्चा पायो । त्यसपछि एकपछि अर्को भिडियोमा मिलन देखा पर्न थाल्नुभयो । मिलनले म्युजिक भिडियो होइन, म्युजिक भिडियोले मिलन खोज्न थाल्यो । त्यसपछि अर्को भिडियो ‘लजाएर’मा उहाँ देखा पर्नुभयो ।

अहिले म्युजिक भिडियोका लागि धेरै आग्रह आउँछ । हत्तपत्त गर्नु हुन्न । गरिहाले पनि आफूलाई चित्त बुझ्दो मात्र गर्नुहुन्छ । यो क्षेत्र उहाँको सोखको विषय हो । मोडलिङ गरेर नाम कमाउनु भन्दा पनि सोख पूरा गर्नमा उहाँ लाग्नुभएको थियो । सधै यसैमा रम्न उनीसँग समय कहाँ छ र १ उहाँ उद्यमी हो, अनि विद्यार्थी नेता । समाजका लागि केही गर्नुपर्छ भन्ने लागेरै यी सबै काम गरेको मिलन बताउनुहुन्छ ।

यो पनि : ‘मिहिनेत गरे के हुन्न ’

चार वर्ष नारायणप्रसाद शर्माले बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताउनुभयो । उहाँले गाइभैँसी पालेर केही समय दूध बेच्नुभयो । पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाउनुभयो । सबै क्षेत्रमा सफलता हुँदाहुँदै उहाँले चार वर्षदेखि माछा पालन व्यवसाय थाल्नुभएको छ । उहाँको व्यवसायीक हुटहुटी भने प्राङ्गारीक उत्पादनसँग जोडिने हो ।

बागलुङ –३ को काठेखोला पावरहाउस छेवैमा उहाँको माछा फर्म छ । त्रिपन्न वर्षिय शर्माको फर्ममा ग्रास, काप, रहु, नैनी, कमन काप, बिगेड, सिलभरलगायतमा माछा छन् । माछासँगै पाँचसय हाँस, एक सय टर्की, एक हजार लोकल कुखुरासमेत रहेका छन् । यी सबै व्यवसायमा जोडिन उहाँले आफ्नो १५ रोपनी जमिनसँगै भाडाको झण्डै ४५ रोपनी जमिन गरी ६० रोपनीमा उहाँले व्यवसाय चलाउनुभएको छ ।

करिव ४५ लाख रुपैयाँ लगानीबाट उहाँले थालेको व्यवसायमा ‘फूलबारी कटेज’ नामक रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको छ । अघिल्लो वर्ष सुरु भएको रेष्टुरेन्टमा माछाका परिकार खान पाइन्छ । दिनभरीको तनाव कम गर्दै बाँसले बनेका रेष्टुरेन्टमा पुगेर अर्गानिक खाना र माछाको स्वाद लिन बागलुङ बजारका धेरै पुग्ने गरेका छन् ।

“जसले जे व्यवसाय गरेपनि, जागिर खाएपनि कृषिसँग जोडिनै पर्छ भन्ने बुझेर यता लागेको हुँ” उहाँले भन्नुभयो, “लाखौं कमाइ गरेपनि कृषि फसल खाएरै बाँच्ने हो, यो पेशामा लाग्दा धेरैको भोक मेटाउन सकिने रहेछ ।” उहाँले बारीमा केरा र केही तरकारीसमेत लगाउनुभएको छ । केराको पातसहित बोट र तरकारीका बोक्रा पनि माछाका लागि उपयोगी आहारा भएको शर्माले जानकारी दिनुभयो ।

वर्षको दुई लाख भाडा तिरेको जमिनमा सञ्चालित फर्मबाट उहाँले मासिक २ लाखबढी कमाइ गरिरहनुभएको छ । “अहिले पनि वर्षमा २० क्विन्टल माछा उत्पादन गरिरहेको छु, यो बढाएर ३० क्विन्टल पु¥याउने लक्ष छ” उहाँले भन्नुभयो, “यो मेहेनतबाट परिवारका तीन जना सदस्य र थप ३ युवा रोजगार बनेका छौं ।” माछा पालनमा हौसिनुभएका उहाँले अझै बढाउने सोच बनाएको बताउनुभयो ।

खोलाको छेवैमा भएकोले पानीको दुःख छैन । आफ्नै खेतमा उनले पोखरी बनाएकोले लामो समयसम्म पाल्न सकिन्छ । विदेश जान खोजेका छोरालाई समेत कृषिमा जोडेकोले उहाँ उदाहरणीय पात्र बनेको मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो ।

शर्माले वास्तविक किसानका लागि राज्यले लगानी गरेमा वैदेशिक रोजगारी घट्ने र स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने जानकारीदिनुभयो । “सरकारले किसानलाई चाहिने मल, बीउ र रसायनिक मलमा सहुलियत दिनुपर्छ” उहाँले भन्नुभयोे, “कोरोनाले व्यवसायमा परेको असरप्रति पनि चासो दिएमा युवाहरु कृषि पेशामा आर्कषण हुने थिए ।”

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले उहाँको कृषि फर्म अनुगमन गरिसक्नुभएको छ । उहाँको मेहेनत देखेपछि प्राविधिक रुपमा साथ सहयोग गर्न तयार रहेको जानकारीदिनुभयो । “हामीले पनि वास्तविक किसानलाई नै सहयोग गर्ने हो” उहाँले भन्नुभयो, “किसानलाई धनी बनाइयो भने मात्रै अन्य पेशा खोज्नेले कृषि रोज्ने छन् ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस