शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • करेलाका यी बेफाइदा थाहा पाउनुहोस्
समाचार

करेलाका यी बेफाइदा थाहा पाउनुहोस्

स्वाद तितो हुने भएकाले धेरैलाई करेला मन पर्दैन । तथापी यसका पारखि भने कम छैनन् । साथै स्वास्थ्यको दृष्टिकोणमा समेत करेला फाइदाजनक मानिन्छ । तर अत्यधिक मात्रामा करेला सेवन गरेमा भने यसले बेफाइदा गर्दछ ।

१. मधुमेहको खतरादेखि अन्य स्वास्थ्य समस्यामा करेलाको प्रयोग गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा ‘साइड इफेक्ट’ हुन्छ ।

विज्ञापन

२. करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ ।

विज्ञापन

३. गर्भावस्थाको समयमा अत्यधिक करेलाको सेवन गरेमा गर्भपतन हुने खतरा हुन्छ ।

४. रगतमा चिनीको मात्रा सन्तुलन गर्न करेला खानेहरुले मात्रा मिलाएर पिउनु पर्दछ । अन्यथा हानी हुनसक्छ ।

५. अत्यधिक करेलाको जुस सेवनले कलेजो र मिर्गौलामा असर पर्दछ ।

६. अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।

७. अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने, पखाला लाग्ने, टाउको दुख्ने हुन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस