शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विभिन्न समस्याबाट बच्न यी मसला लाभदायक
समाचार

विभिन्न समस्याबाट बच्न यी मसला लाभदायक

काठमाडौं — हरेक भान्सामा मसलाको उपयोग गरिन्छ । मसलाको सुगन्ध र स्वादले भोजनलाई अब्बल बनाउँछ । स्वाद मात्र नदिएर मसलाले स्वास्थ्यलाई पनि लाभ दिन्छ । अनेकौं किसिमका समस्याबाट बच्न मसला लाभदायक हुन्छन् ।

पेट दुख्दा
पेट दुख्ने समस्या छ भने हींग खाने गर्नुस् । एक चम्चा घिउमा अलिकति हींग मिसाएर खाँदा पीडाबाट राहत पाइन्छ । यसबाहेक वीरेनून, पुदिनाको रस, कागतीको रस, अदुवाको रस र अलिकति हींग खाँदा फाइदा हुन्छ ।

विज्ञापन

 

विज्ञापन

 

दाँत दुख्दा
ल्वाङले दाँतको पीडाबाट राहत दिलाउँछ । दाँत दुख्दा नून, मरिच र पानीको पेस्ट बनाएर दाँतमा लगाउनुस् । काँचो प्याज चपाउँदा पनि पीडा नाश हुन्छ ।

 

टाउको दुख्दा
असाध्यै टाउको दुख्यो भने दालचिनीको धूलो र पानी मिसाएर पेस्ट बनाउनुस् । अनि यसलाई निधारमा दल्नुस् । टाउको दुख्दा तुलसीको पात पनि चपाउन सक्नुहुन्छ ।

 

रुघाखोकी
रुघा र खोकीको ट्याब्लेट खानुभन्दा मरिच र ल्वाङ खानुस् ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस