शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • माग सम्बोधन नभए ओलीले विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने माधव पक्षको अडान
Breaking News

माग सम्बोधन नभए ओलीले विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने माधव पक्षको अडान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन नभए माधव नेपाल पक्षले फेरि सामूहिक राजीनामा दिने चेतावनी दिएको छ। अहिले दुवै पक्षका ६ ६ जना नेताहरु सम्मिलित उच्च तहको वार्ता भैरहेको छ। तर, जारी वार्ता सकारात्मक नभएको विश्वस्त स्रोतले जनाएको छ।

हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच चार घण्टा लामो वार्ता गरेर विवाद हल गर्ने सहमति भएको थियो। तर, नेपालले आज आफू पक्षधर सांसद, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुसँगको बैठकमा हिजोको वार्ताबारे ब्रिफिङ गरेका थिए। कतिपय नेताहरुले ओलीले आफूहरुलाई झुक्याउने काम गरेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए।

विज्ञापन

नेता नेपालले बजेट ल्याउनुभन्दा अघि अर्थात जेठ १५ गतेभन्दा अघि नै विश्वासको मत लिने कुरा गरेकोमा नेता नेपाल झस्किएको स्रोतको दाबी छ। त्यही भएर नेता नेपाल पक्षधरले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफ्ना मागहरु पूरा हुनुपर्ने अडान लिएको छ। उनीहरु आज निर्णायक वार्तामा जुटेका छन्।

विज्ञापन

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टी धेरै अघि बढिसकेकोले अब पछि फर्कन नसक्ने दाबी गर्छन्। नेपाल पक्षले पनि प्रधानमन्त्री ओलीले झुक्याउने काम गरेको पुष्टि भए तत्काल राजीनामा दिएर नयाँ दल खोल्ने तयारी गरेको छ। नेता नेपालले यसबारेमा आफू पक्षधर नेताहरुलाई ब्रिफिङ गरिसकेका छन्। त्यही भएर नेपाल पक्षका नेताहरु आज निर्णायक वार्ताको लागि सिंहदरबार पुगेका हुन्। वार्ता जारी छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस