शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर गुल्मी पठाईयो
समाचार

गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर गुल्मी पठाईयो

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकर्ण विष्टको पहलमा ४५ थान अक्सिजन सिलिन्डर काठमाडौबाट गुल्मी पठाईएको छ । नेता विष्ट र गुल्मेली सहयोगी हात अभियानको संयुक्त पहलमा ४५ थान अक्सिजन सिलिन्डर पठाएको बताइएको छ ।

गुल्मी जिल्लामा अक्सिजनको अभाव नहोस भन्ने हेतुले ४५ थान अक्सिजन सिलिन्डर पठाएका हुन् । जसमध्य ३५ थान सिलिन्डर र २० थान रेगुलेटर सेट विष्टले व्यक्तिगत रुपमा पठाएका हुन् भने १० थान गुल्मेली सहयोगी हात अभियानका तर्फबाट पठाइएको हो ।

विज्ञापन

विष्टले जिल्लाको स्वास्थ्य अवस्थाका विषयमा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, अगुवा, राजनीतिकर्मी, पत्रकार, तथा नागरिक समाजसँग नियमित सम्पर्कमा रहेर जानकारी लिनुका साथै आवश्यक प्रबन्धका लागि थप पहल गरिरहेको बताएका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस