शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • शंकर पोखरेलले किर्ते गर्नुभएछ, मुख्यमन्त्री नियुक्ति बदर हुन्छ : ओनसरी घर्ती
समाचार

शंकर पोखरेलले किर्ते गर्नुभएछ, मुख्यमन्त्री नियुक्ति बदर हुन्छ : ओनसरी घर्ती

काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुने बताएकी छन्। घर्तीले आफूहरूको पक्षमा ४२ जना सांसद रहेको दाबी समेत गरिन्। पोखरेलले किर्ते गरेर प्रदेश प्रमुखलाई झुकाएको आरोप पनि लगाइन्। आफ्नो पक्षमा रहेका सांसदहरूको समेत किर्ते हस्ताक्षर देखाएर पोखरेल फेरि मुख्यमन्त्री बनेको घर्तीले बताइन्।

उनले भनिन्, ‘हामी तिरका सांसदहरूको पनि हस्ताक्षर देखाएर उहाँ फेरि मुख्यमन्त्री बन्नुभएको रहेछ, किर्ते गरेर प्रदेश प्रमुखलाई झुक्याउनुभएको रहेछ, यहाँ ४२ जना सांसदहरू सशरीर उपस्थित छन्। ४२ जनाले दाबी गरेपछि पोखरेलको मुख्यमन्त्री पद बदर हुन्छ।’

विज्ञापन

मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस गर्न नसकेर राजीनामा दिएको घर्तीको दाबी छ। उनले भनिन्, ‘हामीले त उहाँलाई पहिले नै तपाई राजीनामा गर्नुहोस् भनेका थियौँ। त्यतिबेलै उहाँले सरासर राजीनामा गर्नुपर्थ्यो। राजीनामा दिनुभएन। अहिले आएर अविश्वासको फेस गर्न नसकेर मुख्यमन्त्रीज्यूले राजीनामा गरेको कुरा चाहिँ सत्य हो।’ आफूले आफैलाई मुख्यमन्त्रीमा दाबी गर्न नपाइने घर्तीको भनाई छ।

विज्ञापन

उनले भनिन्, ‘उहाँले जसरी राजीनामा गर्नुभयो, फेरि उहाँ आफैँले मुख्यमन्त्रीमा दाबी गर्न चाहिँ पाइँदैन। किनभने, उहाँ बहुमतमा हुनुहुन्न। बहुमतमा नभएरै त उहाँले डरले राजीनामा गर्नुभयो नि। नभए त आरामले फेस गरे भइहाल्थ्यो नि। उहाँसँग बहुमत छ भने त हाउसको प्रक्रिया अघि बढिसकेको थियो, किन त्यो प्रक्रियालाई अवरुद्ध गर्ने ? त्यसो गर्नुपर्ने जरुरी नै थिएन।’

घर्तीले मुख्यमन्त्री पोखरेलसँग बहुमत नरहेको बताइन्। यस्तो अवस्थामा आफूसँग बहुमत रहेको भनेर दाबी गर्नु असंवैधानिक भएको उनले बताइन्। ‘अहिले उहाँसँग बहुमत छैन। ४१ जनाको बहुमत हुन्छ। आफूले मन-मनमा गनेर पुर्‍याउन पाइन्नँ। विमला वलीले त माओवादी दल रोजिसक्नुभयो। पहिल्यै रोजिसकेको कुरा हो, उहाँको दलमा हुनुहुन्न। ४० जना मात्रै हुनुहुन्छ उहाँहरू। त्यसैले उहाँ त बहुमतमै हुनुहुन्न, अनि कसरी उहाँले आफूसँग बहुमत भएको भनेर प्रदेश प्रमुख कहाँ दाबी गर्नुभयो ? यो असंवैधानिक कुरा हो,’ उनले भनिन्।

उनले आइतबार माओवादी केन्द्रलाई रोजेकी विमला वलीलाई प्रभावमा नपारेको पनि स्पष्ट पारिन्। घर्तीले भनिन्, ‘विमलाजी आफैँ आउनुभएको हो, हामीले प्रभावमा पारेको होइन। विमलाजीले गत चैतमै पार्टी सदस्यता पाउँ भनेर निवेदन दिनुभएको थियो। पार्टी अध्यक्षलाई दिनुभएको थियो, त्यसपछि प्रदेशमा दलको नेतालाई पनि निवेदन दिनुभएको थियो। उहाँलाई हामीले प्रभावित गरेर अहिले भर्खरै पार्टीमा प्रवेश गराएको होइन।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस