On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • चितवन विशेष
  • चितवनमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण बढ्यो,भेन्टिलेटर र आईसीयूमा ३२ जना उपचाररत
चितवन विशेष

चितवनमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण बढ्यो,भेन्टिलेटर र आईसीयूमा ३२ जना उपचाररत

भरतपुर।

चितवनमा देखिएको कोरोनाको दोस्रो लहरमा युवा र किशोरकिशोरी बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको १४९ नमूनाको परीक्षणमा ६१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भयो । जसमा युवा र किशोरकिशोरीको सङ्ख्या बढी पाइएको छ ।

विज्ञापन

गत वर्षको कोरोनो सङ्क्रमणको अवस्था हेर्दा युवा र किशोरकिशोरी भन्दा वृद्धवृद्धाको सङ्ख्या बढी पाइएको थियो । भरतपुर अस्पतालको प्रयोगशालाको तथ्याङ्क अनुसार शुक्रबारको नतिजामा भरतपुरमा कोरोना सङ्क्रमित पुरुष १७ जनामध्ये ११ वर्षको बालकदेखि ४० वर्षसम्मका युवाहरु १० जना रहेका छन् । त्यस्तै भरतपुरमै महिला २५ जनामध्ये १२ जना १२ वर्षदेखि ४० वर्षका छन् ।

विज्ञापन

त्यसैगरी, रत्ननगरमा दुई जनामा देखिएको सङ्क्रमणमा दुई जना नै २२ र ३३ वर्षका युवा छन् । खैरहनी नगरपालिकामा देखिएको एक जनाको सङ्क्रमण २८ वर्षीय युवा नै छन् । यसरी हेर्दा गत वर्षभन्दा यस वर्ष युवा र किशोरकिशोरीमा सङ्क्रमण बढ्दै गएको देखिन्छ ।
त्यसैगरी, स्वास्थ्य कार्यालय चितवनले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चितवनमा देखिएको कोरोना सङ्क्रमितमध्ये सबैभन्दा बढी ३० देखि ३९ वर्ष समूहका पुरुष सङ्क्रमित रहेका छन् । तथ्याङ्कलाई हेर्दा ५० वर्षपछिको जनसङ्ख्यामा सङ्क्रमण दर घट्दोरुपमा रहेको छ । एक महिनाको नवजात शिशुदेखि सङ्क्रमण दर बढ्दै गएर सबैभन्दा धेरै सङ्क्रमण युवाहरुमा देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ८१ जना कोरोना सङ्क्रमित बिरामी रहेका छन् । त्यस्तै चितवन मेडिकल कलेजमा ३८ जना र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा ३७ जना बिरामी रहेका छन् । जसमध्ये तीन अस्पतालको भेन्टिलेटरमा ८ जना, आईसीयूमा २४ जनाको उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा कोरोनाको उपचारमा अग्रपङ्क्तिमा खटिएका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलका अनुसार कोरोना सङ्क्रमण गत वर्ष भन्दा किशोर किशोरी र युवायुवतीमा बढी देखिएको छ । उहाँले भन्नुभयो, ‘कोरोना सङ्क्रमण दर र लक्षण हेर्दा कोरोनाको नयाँ प्रजाति जस्तै देखिन्छ । औपचारिकरुपमा प्रयोगशालाबाट पुष्टि नभए पनि यो नयाँ प्रजाति नै हो ।’ सङ्क्रमित किशोर किशोरी र युवाहरुको पनि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता परेको उहाँले बताउनुभयो ।

थप १६० जनामा सङ्क्रमण

पछिल्लो २४ घण्टामा चितवनमा १६० जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत २४ घण्टामा भरतपुर महानगरपालिकामा १२१ जना, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा १६, माडीमा १ जना, राप्तीमा ४ जना, कालिकामा २ जना र इच्छाकामनामा ८ जना सङ्क्रमित थपिएका हुन् । यो सँगै चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ९६४ पुगेको छ ।

जसमध्ये ११७ जनाको मृत्यु भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ७५ जना र घरमा आइसोलेसनमा ९१३ जना रहेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस