शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विरामीका लागी बेड नभएपनि तपाईहरुको कुर्सी चाही जोगाउनु होला है : रवि लामिछाने
समाचार

विरामीका लागी बेड नभएपनि तपाईहरुको कुर्सी चाही जोगाउनु होला है : रवि लामिछाने

काठमाडौँ । वीर अस्पताल लगाएत काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ। सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमता भन्दा माथि नै को’रोना संक्रमितको उपचार गरिरहेका छन् । काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ ।

यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ । कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ ।

विज्ञापन

यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको हो भन्ने प्रश्न उठेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यका सहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पताल मा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको हो ।

विज्ञापन

मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गरेपछी लोकप्रिय संचारकर्मी रबी लामिछानेले हाम्रो लागि बेड नभएपनि प्रधानमन्त्री ज्यु,मुख्य मन्त्रीज्युहरु तथा मन्त्री ज्युहरु, तपाईहरु जसरी भएपनि आआफ्नो सरकार, पद र कुर्सीहरु जोगाउनु होला हान्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् प्रधानमन्त्री ज्यु मुख्य मन्त्रीज्युहरु तथा मन्त्री ज्युहरु, तपाईहरु जसरी भए पनि आआफ्नो सरकार, पद र कुर्सीहरु जोगाउनु होला। हाम्रो लागि बेड छैन भनेर त स्वास्थ्य मन्त्रालयले इमानदारीता पुर्वक भनि सक्यो। हाम्रो लागि बेड नभएपनि तपाईहरुका लागि कुर्सी हुनै पर्छ है, जोगाउनु होला No Matter What!!! कोरोनाबाट बचौ।….आफै !!!

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस