चितवन । कुखुराको दानाको बोरा तौलमा व्यापक ठगी हुने गरेको पाइएको छ । सरकारी निकायको दरिलो अनुगमनको अभावमा यो पटक चितवनको भरतपुर ५ कल्याणपुर स्थित नेपाल वेलहोप एग्रीटेक प्रा.लि (विजय प्लेट) दाना कम्पनीले तौलमा व्यपाक ठगी गरेको प्रमाणसहित फेला परेको हो । विगतमा समेत दानाको बोरामा मुल्यसूची नराखेर, दानामा चिसोपनाको मात्रा (मवाईसचर) आवश्कता भन्दा बढि बनाई, गुणस्तरमा समेत ठगी गरेको विजय प्लेट दानाले किसान ठगेको भन्दै चितवन प्रशासनमा क्षतिपूर्ती सहित कार्वाही गर्न सिफारिस समेत गरेको प्रमाण प्राप्त भएको छ ।
विगतमा समेत लकडाउनको मौका छोपेर ठगी गरेको नेपाल वेलहोप एग्रीटेक प्रा.लि (विजय प्लेट) दाना कम्पनी यो पटक भने दानाको बोरोमा प्रतिकेजी ४ देखि ५ केजीसम्म तौल ठगेको ३० बोरा दानाको सिल प्याक बोरा फेला परेको छ । विशेष गरि नेपाल स्थापित भनिएका उद्योगी सुरज बैद्यले आफ्नो पावरको आडमा यस्तो हर्कत गरेको किसानहरुको गुनासो छ।
भरतपुर महानगर वडा नम्बर २३ का वडा अध्यक्ष नरिनारायण पौडेलले वडाको चलानी नम्बर ३०३२ मार्फत जिल्ला प्रशासन कार्यालय चितवनमा आवश्यक कार्वाही गर्न पत्र नै काटेका छन् । पत्रमा भनिएको छ – ‘विजय प्लेट दानाको बोरा प्याकेट स्थानियहरु, सुरक्षा निकाय तथा वडा कार्यालयको रोहबरमा तौल गर्दा उल्लेख भए भन्दा कम परिमाण पाईएकोले आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस छ ।’
भरतपुर २३ कै किसान मनोजकुमार बोहराले विगत २ बर्षेदेखि विजय प्लेट दाना खरिद गरि प्रयोग गर्दै आएको शंका लागेर तौल चेकजाँच गर्दा ३० बटा बोरामा तौल ५० केजी हुनुपर्नेमा ४६. ६८ केजी पाईएको थियो ।
‘कर्मचारीले दाना हाल्ने काम गर्थे त्यति थाहा हुने कुरा भएन्, पछिल्लो समयमा खासै राम्रो प्रगती नभएपछि आफै दाना मिलाउन तरखरमा लागे उनले भने, त्यसैले तौल राम्रो भएन भन्ने लाग्थ्यो,’ ‘पहिले पहिले ठगिएकै थिएँ।’
यसपटक मैले घरमा नै डिजिटल काँटा ल्याएर राखेका थिए । बेला बेलामा कुखुरा जोखेर औसत तौल कति छ भनेर हेर्थे । यसपटक कुखुरा दानाको तौल हेर्न मन लाग्यो । तौलमा पनि शंक लाग्यो । तर तौल त भुसुक्कै कम रहेछ । अनि पो पत्तो पाए । त्यसपछि वडा कार्यालयमा जानकारी गराए मुजुल्का उठाए । कम्पनी जानकारी पनि गराए । त्यहाँबाट प्रतिनिधि आए हेरे, तौल फरक भेटे । तर कम्पनी जादा नराम्रो व्यवहार गरे । मलाई तनाव दिने काम पनि गरे उनले अगाडी दुखेसो पाखे । यस विषयमा दाना कम्पनीका कर्मचारी टेकनाथ पाण्डसँग बुझदाँ आफुले केहि बोल्न नमिल्ने गैर जिम्मेवार प्रतिक्रिया दिए ।
कुखुरापालक किसानको सबैभन्दा बढी लगानी हुने ठाँउ दाना हो । हालको मुल्य अनुसार १ हजार कुखुरा पाल्दा दुई लाख ५० हजार भन्दा बढी खर्च दानामा नै हुने गरेको छ । दाना कै कारण व्यवसायीको घाटा÷नाफाको समेत र्निधारण हुने गर्दछ ।
विज्ञापन
दानमा मात्र किसानले लागतको लगभग ८५ प्रतिशत खर्च हुने गरेको छ । तर यति ठुलो रकम किसानबाट उठाउने दाना उद्योगले नै दाना तौलमा ठगी गर्दा किसानहरु समस्यामा परेका छन् । चितवनमा दाना उद्योग मात्र नभई चल्ला उत्पादन उद्योग, मासु किन्ने कोल्डस्टोर, औषधी पसल देखि किसान सम्म जोडने सप्लायर्स कम्पनीहरु सम्मले किसानलाई ठगीरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु