On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अब ढल्दैन ओली सरकार
समाचार

अब ढल्दैन ओली सरकार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने भएको छ । ओली सरकार ढाल्न सक्रिय नेताहरु नै अहिले पछाडी हटेपछि सरकारको संकट तत्काललाई टरेको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनबाट रुष्ट नेताहरु उनको विकल्प खोज्न जोडबल गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि उनी(प्रधानमन्त्री) विरुद्धमा खरो रुपमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अविश्वासको प्रस्तावमा बहुमत नपुग्ने देखेपछि पछि हटेका छन् ।

विज्ञापन

सत्ता राजनीतिको निर्णायक केन्द्रमा रहेको विपक्षी दल जनता समाजवादी पार्टी सरकारमा जाने विषयमा दुई भागमा विभाजित भएको छ । प्रतिनिधिसभामा ३२ सिट रहेको जसपाका १८ जना सांसदहरु प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका छन् ।

विज्ञापन

जसपा एक मतका साथ प्रस्तुत नहुन्जेल ओली सरकारको निरन्तरता र नयाँ सरकार गठनको चित्र बन्न सकेको छैन । जसकारण सत्ता समर्थक नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन र काँग्रेसलाई अविश्वासको प्रस्ताव अगाडि बढाउन हच्काएको छ ।

दुवै पार्टीका अध्यक्षमा पछिल्ला अभिव्यक्ति फेरीएका छन् । एक दुई दिन भित्रै ओलीलाई हटाईहाल्छौ भन्ने नेताहरु अहिले तत्काल ओलीको विकल्प सम्भव नभएको भन्न थालिसकेका छन् । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नदेखिएको बताएका छन् ।

बिहीबार हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताएका हुन । कति दिनमा सरकार बन्छ ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’

प्रचण्डसंग सत्ता सहकार्य गर्न राजी भएका कांग्रेस सभापति देउवाले पनि संसदमा आफुहरुको बहुमत नै नपुगेकाले ओली नेतृत्वको सरकारकोविकल्प खोज्न नसकिएको बताए । बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले जसपासँग कुरा भइरहेको बताए । अविश्वास प्रस्ताव फेल भयो भने एक वर्ष ल्याउन नपाइने भन्दै उनले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने बताए ।

निर्णायक भनिएको जसपा पार्टीभित्रको आन्तरिक किचलोमा अल्झिँदा नयाँ सरकार बन्ने सम्भावना टर्दै गएको हो । सरकार बचाउने कसरतमा लागेका प्रधानमन्त्री ओलीले जसपाका माग सम्बोधन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको मुद्दा लागेका जसपाका १२० जना नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले जसपाका अन्य मागहरु पनि पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरसँग प्रधानमन्त्री ओलीले चाँडै अन्य मागहरु पनि पूरा गर्ने बचन दिइसकेका छन् । जसपाको अर्को पक्ष उपेन्द्र यादव–डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिन नसकिने बताइसकेको छ ।

संसदमा ३२ सिट रहेको जसपाका १८ जना सांसद उपेन्द्र–बाबुरामको पक्षमा खुलेका छन् भने बाँकी १४ जना सांसद अध्यक्ष महन्थ ठाकुरको पक्षमा छन् । संसदमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेसँग १२० जना सांसद छन् ।

अहिलेको अवस्थालाई हेर्दा कांग्रेस ६२, माओवादी केन्द्र ४८ र जसपाका १८ जना सांसद मिल्दा पनि सरकार परिवर्तनको योजना सफल हुँदैन् । तीन दल मिल्दा संसदमा ११८ मात्र हुन्छ । महन्थ ठाकुर पक्षले आफ्ना माग पूरा गरेर सरकारलाई साथ दिने बताइसकेको छ । ठाकुर पक्षका केही सांसद लिएर प्रधानमन्त्रीले सरकार टिकाउने विकल्प बाँकी रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस